

पुरानो भिडियोलाई नयाँ भन्दै अफवाह फैलाइयो, चन्द्रनिगाहपुरमा प्रहरीको गाडी जलाइएको दाबी भ्रामक
रौतहट । सामाजिक सञ्जालमा ‘भ्युज’ र ‘भाइरल’ को होडले फेरि एकपटक गलत सूचना तीव्र रूपमा फैलिएको घटना सार्वजनिक भएको छ। सुनसरीको देवानगञ्ज घटनापछि देशभर विरोध प्रदर्शन भइरहेका बेला रौतहटको चन्द्रनिगाहपुरमा प्रहरीको गाडी जलाइएको भन्दै पुरानो भिडियोलाई नयाँ घटनासँग जोडेर सामाजिक सञ्जालमा व्यापक रूपमा प्रचार गरिएको हो।
फेसबुकमा भाइरल भएको भिडियोमा प्रहरीको एउटा भ्यान आगोले जलेको देखिन्छ। उक्त भिडियो पोस्ट गर्नेहरूले यसलाई हालको आन्दोलनसँग जोड्दै चन्द्रनिगाहपुरमा आन्दोलनकारीले प्रहरीको गाडी जलाएको दाबी गरेका थिए। केही घण्टामै भिडियो सयौँ पटक शेयर हुँदै हजारौँ प्रतिक्रिया प्राप्त गरेपछि धेरैले पुष्टि नगरी नै त्यसलाई सत्य मानेर थप फैलाएका थिए।
तर, वास्तविकता भने फरक रहेको खुलेको छ। भाइरल बनाइएको भिडियो हालको आन्दोलनको नभई गत वर्ष भदौ २४ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि भएको घटनाको भएको पुष्टि भएको छ। पुरानो दृश्यलाई वर्तमान परिस्थितिसँग जोडेर भ्रम सिर्जना गरिएको पाइएको हो।
रौतहट फुटबल सङ्घका अध्यक्ष भगवान दर्लामीले फेसबुकमार्फत सार्वजनिक अपिल गर्दै भाइरल भइरहेको भिडियो हालको आन्दोलनसँग सम्बन्धित नभएको स्पष्ट पारेका छन्। उनले पुष्टि नभएका भिडियो तथा सूचना शेयर नगर्न र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्।
यस्तै, नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सन्जय कार्कीले पनि उक्त भिडियो नयाँ नभई गत वर्षकै घटना भएको उल्लेख गर्दै सर्वसाधारणलाई भ्रममा नपर्न अनुरोध गरेका छन्। सामाजिक सञ्जालमा आउने प्रत्येक सामग्रीको सत्यता पुष्टि नगरी शेयर गर्दा समाजमा अनावश्यक तनाव, अफवाह र भ्रम फैलिन सक्ने भन्दै उनले सचेत रहन आग्रह गरेका छन्।
पछिल्लो समय नेपालमा आन्दोलन, दुर्घटना वा अन्य संवेदनशील घटनापछि पुराना भिडियो र तस्बिरलाई नयाँ भन्दै सामाजिक सञ्जालमा फैलाउने प्रवृत्ति बढ्दै गएको छ। ‘लाइक’, ‘शेयर’ र ‘भ्युज’को प्रतिस्पर्धामा यस्ता सामग्री प्रयोग हुँदा वास्तविक अवस्थाभन्दा बढी त्रास फैलिने, सामाजिक सद्भावमा असर पर्ने तथा सार्वजनिक विश्वास कमजोर हुने जोखिम बढिरहेको जानकारहरूको भनाइ छ।
सूचना प्रविधिको युगमा सूचना प्रवाहसँगै जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुने भएकाले कुनै पनि भिडियो वा तस्बिर शेयर गर्नुअघि त्यसको मिति, स्थान र सन्दर्भ पुष्टि गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





