

सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षा कायम राख्न उच्च सतर्कताको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी घटनापछि विकसित शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा सुनसरीको पछिल्लो सुरक्षा अवस्था, आन्दोलनको प्रभाव, सम्भावित सुरक्षा चुनौती तथा जोखिमबारे विस्तृत जानकारी गराइएको थियो।
ब्रिफिङपछि प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्न खोज्ने तत्वमाथि कडा निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
उनले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालयअन्तर्गतका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ प्रभावकारी रूपमा परिचालन गर्न समेत निर्देशन दिएका छन्।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





