

रास्वपाले गठन गर्यो ७ सदस्यीय सचिवालय, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ७ सदस्यीय पार्टी सचिवालय गठन गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम सचिवालय गठन गर्ने निर्णय गरेको हो।
नवनिर्मित सचिवालयमा सभापति रवि लामिछाने, उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी सदस्य रहेका छन्।
बैठकले प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह (बालेन)लाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत रूपमा मनोनयन गर्ने निर्णय पनि गरेको जनाएको छ। उक्त निर्णयलाई रास्वपाभित्र नेतृत्व संरचना थप सुदृढ बनाउने कदमका रूपमा हेरिएको छ।
यससँगै केन्द्रीय समितिले महाधिवेशनको समीक्षा, विभागीय कार्यविधि पारित तथा आगामी स्थानीय तह निर्वाचनको तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ। पार्टीले भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ, जसमार्फत स्थानीय तह निर्वाचनका सम्भावित उम्मेदवार छनोट तथा तयारी अघि बढाइने जनाइएको छ।
त्यसैगरी, पार्टीका मन्त्रीहरूसँग नियमित संवाद र समन्वयलाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। रास्वपाले संगठन विस्तार, नेतृत्व सुदृढीकरण तथा आगामी निर्वाचन केन्द्रित गतिविधिलाई प्राथमिकतामा राख्दै नयाँ रणनीतिसहित अघि बढ्ने जनाएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





