पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई ४५ दिन पारिश्रमिकसहित बिदा दिन मानव अधिकार आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पत्नी सुत्केरी हुने पुरुष कर्मचारीलाई पनि पारिश्रमिकसहित ४५ दिनको प्रसूति स्याहार बिदा उपलब्ध गराउने कानुनी व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ।

आयोगले सुत्केरीअघि वा पछि आवश्यक समयसम्म नवजात शिशु र आमाको हेरचाहमा बाबुको सक्रिय सहभागिता सुनिश्चित गर्न यस्तो व्यवस्था कानुनमा समावेश गर्नुपर्ने सुझाव दिएको हो।

आयोगका अनुसार परिवारमैत्री कार्यसंस्कृति, लैङ्गिक समानता तथा नवजात शिशुको उचित स्याहार सुनिश्चित गर्न पुरुष कर्मचारीलाई पनि पर्याप्त बिदाको व्यवस्था आवश्यक छ। यसले आमाको स्वास्थ्य सुधार, शिशुको उचित हेरचाह र पारिवारिक जिम्मेवारीको समान बाँडफाँडमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोगले व्यक्त गरेको छ।

हाल नेपालमा पुरुष कर्मचारीका लागि सीमित अवधिको स्याहार बिदाको व्यवस्था रहेकाले त्यसलाई परिमार्जन गर्दै ४५ दिनसम्मको पारिश्रमिकसहित प्रसूति स्याहार बिदा कानुनमै सुनिश्चित गर्न आयोगले सरकारलाई सिफारिस गरेको हो।

सरकारले आयोगको सिफारिस कार्यान्वयन गरेमा बाबुको भूमिकालाई थप संस्थागत मान्यता दिँदै परिवारमैत्री श्रम नीति प्रवर्द्धनतर्फ महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
Shares