मन्त्री विराज भक्त श्रेष्ठको सक्रियतापछि थापाथलीका जोखिमपूर्ण तार एकै दिनमा व्यवस्थापन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको प्रत्यक्ष सक्रियतापछि काठमाडौंको थापाथली क्षेत्रमा वर्षौंदेखि अव्यवस्थित र जोखिमपूर्ण अवस्थामा रहेका विद्युत् तथा सञ्चारका तार एकै दिनमा व्यवस्थापन गरिएको छ।

मंगलबार राति थापाथलीमा गुजुल्टिएका विद्युत्, इन्टरनेट, टेलिफोन तथा टेलिभिजनका तारमा आगलागी भएपछि मन्त्री श्रेष्ठ बुधबार बिहानै घटनास्थल पुगेर व्यवस्थापन कार्यको नेतृत्व गर्नुभएको थियो। उहाँले अवरुद्ध सेवा तत्काल सञ्चालन गर्न तथा जोखिमपूर्ण तार हटाउन सम्बन्धित निकायसँग प्रत्यक्ष समन्वय गर्नुभएको थियो।

मन्त्री श्रेष्ठले सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था (आईएसपी), दूरसञ्चार सेवा प्रदायक तथा काठमाडौं महानगरपालिकासँग समन्वय गरी लामो समयदेखि सडकका पोलमा गुजुल्टिएर रहेका तथा प्रयोगविहीन तार हटाउने कार्य अघि बढाउनुभएको हो।

उहाँका अनुसार थापाथली क्षेत्रका जोखिमपूर्ण तार सफलतापूर्वक व्यवस्थापन गरिएको छ भने काठमाडौंका अन्य स्थानमा पनि यस्तै अभियानलाई तीव्र रूपमा सञ्चालन गरिनेछ।

सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिमयुक्त तार तत्काल हटाउने तथा दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापन योजना कार्यान्वयन गरिने मन्त्री श्रेष्ठले बताउनुभएको छ। आगलागीपछिको तीव्र सरकारी सक्रियताले स्थानीयवासीलाई राहत पुगेको जनाइएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
Shares