

सिरहामा कर्फ्युबीच झडप चर्कियो, गोली लागेर एक जनाको मृत्यु

सिरहा — सुनसरीमा भएको दुई समुदायबीचको झडपको प्रभाव सिरहासम्म फैलिँदा अवस्था थप तनावग्रस्त बनेको छ। स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनकारीहरूले विरोध प्रदर्शन जारी राखेका छन्।
कर्फ्युका बीच दुई पक्षबीच झडप चर्किएपछि सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको छ। प्रदर्शनका क्रममा सिरहाको गोलबजार क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको पुष्टि भएको छ।
प्रहरीका अनुसार प्रदर्शन उग्र बन्दै आगजनी र तोडफोडका घटना हुन थालेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको हो। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने थप अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी उच्च सतर्कतामा रहेका छन्।
स्थानीय प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग
-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि
2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…





