

देवानगञ्ज घटनामा ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ७ बुँदे सहमति भएको छ।
गृह मन्त्रालयका अनुसार सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छ। साथै, मृतकका प्रत्येक परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराइने प्रतिबद्धता जनाइएको छ।
गृहमन्त्रीद्वारा हस्ताक्षर गरिएको सहमति पत्रमा घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख छ।
त्यसैगरी, प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने सहमति भएको छ। घटनाबारे गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनमा समेटिएका सुझाव तथा सिफारिसहरूलाई कानुनअनुसार यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।
सहमतिअनुसार मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिनेछ।
सरकार र पीडित परिवारबीच भएको यस सहमतिसँगै देवानगञ्ज घटनापछि देखिएको विवाद समाधानतर्फ महत्वपूर्ण कदम चालिएको गृह मन्त्रालयले जनाएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१६ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





