

पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक नेपाल इन्जिनियरिङ कलेजको भ्रमणमा

काठमाडौं । पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक राजु पाण्डेले नेपाल इन्जिनियरिङ कलेजको भ्रमण गर्दै कलेजले नेपालको इन्जिनियरिङ शिक्षाको विकास तथा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
बिहीबार कलेजको भ्रमणका क्रममा उनले कलेजको भौतिक पूर्वाधार, शैक्षिक वातावरण, दक्ष प्राध्यापक तथा पठनपाठन प्रणालीको प्रशंसा गर्दै नेपाल इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयको शैक्षिक प्रतिष्ठा अभिवृद्धिमा समेत उल्लेखनीय भूमिका खेलेको बताए ।
कार्यवाहक प्राचार्य मोहनध्वज केसी तथा विभिन्न विभागीय प्रमुखहरूसँगको छलफलमा परीक्षा नियन्त्रक पाण्डेले कलेजको शैक्षिक गुणस्तरलाई अझ सुदृढ बनाउन तथा परीक्षा, पाठ्यक्रम र शैक्षिक प्रशासनसँग सम्बन्धित समस्याको समाधानका लागि विश्वविद्यालय आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । उनले विश्वविद्यालय र सम्बन्धन प्राप्त कलेजबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
छलफलका क्रममा कलेजका प्राध्यापकहरूले पनि विश्वविद्यालय र कलेजबीचको सहकार्य तथा समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए । उनीहरूले कलेजमा विश्वविद्यालयले परीक्षा केन्द्रका रूपमा राख्न पनि अनुराेध गरेका थिए ।
परीक्षा नियन्त्रक पाण्डेले विश्वविद्यालयले शैक्षिक क्यालेन्डरलाई व्यवस्थित बनाउँदै समयमै परीक्षा सञ्चालन गर्ने, निष्पक्ष र समयमै परीक्षाफल प्रकाशन गर्ने तथा विगतका कमजोरी सुधार गर्दै समयानुकूल शैक्षिक प्रणाली विकास गर्ने नीति अवलम्बन गरेको बताए। उनले विश्वविद्यालयका परीक्षा निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित कलेजहरूको सक्रिय भूमिका आवश्यक रहेको पनि उल्लेख गरे ।
सो अवसरमा कलेजका कार्यवाहक प्राचार्य मोहनध्वज केसीले नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक तथा प्रशासनिक अवस्थाबारे जानकारी गराउँदै कलेजले गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्नुका साथै दक्ष प्राविधिक जनशक्ति उत्पादन र पोखरा विश्वविद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । उनले विश्वविद्यालयले कलेज र विद्यार्थीहरूको बृहत्तर हितलाई केन्द्रमा राखी नीतिगत तथा शैक्षिक निर्णयहरू अघि बढाउनुपर्नेमा जोड दिए ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज देशकै अग्रणी इन्जिनियरिङ शिक्षालयमध्ये एक हो । २०५१ सालमा स्थापना भएको यो कलेज पोखरा विश्वविद्यालय स्थापना हुनुअघि नै सञ्चालनमा आएको थियो । तीन दशकभन्दा लामो इतिहास बोकेको कलेजले पोखरा विश्वविद्यालयसँगको सम्बन्धनमार्फत इन्जिनियरिङ शिक्षाको विस्तार, अनुसन्धान तथा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा निरन्तर योगदान दिँदै आएको छ ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





