

दाङमा विद्यालय बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार, आक्रमणकारीको खोजीमा प्रहरी

दाङ । दाङको तुलसीपुरमा विद्यालय बस रोकेर कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ।
तुलसीपुर–६ स्थित ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुल का अनुसार बिहीबार अपराह्न कक्षा ११ व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी नयन वलीमाथि मोटरसाइकलमा आएका अज्ञात समूहले आक्रमण गरेको हो।
विद्यालयका अनुसार बिहानी सत्रको कक्षा सकिएपछि विद्यार्थीलाई घर पुर्याउन जाँदै गरेको रा १ ख ४६१ नम्बरको विद्यालय बसलाई विद्यालयको पश्चिमतर्फको सडकमा रोकेर आक्रमणकारीहरू बसभित्र प्रवेश गरेका थिए। त्यसक्रममा उनीहरूले नयन वलीमाथि खुकुरी प्रहार गरी फरार भएका थिए।
आक्रमणबाट घाइते भएका वलीको उपचार भइरहेको विद्यालयले जनाएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विद्यालय प्रशासनले दोषीको तत्काल पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। आक्रमणमा संलग्न व्यक्तिको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





