

इरान–अमेरिका तनाव पुनः चर्कियो, अमेरिकी सेनाद्वारा इरानका दर्जनौँ निसानामा आक्रमण

काठमाडौं । इरान र अमेरिकाबीच केही दिन रोकिएको सैन्य तनाव पुनः चर्किएको छ। जोर्डनस्थित अमेरिकी सैन्य आधारमा इरानले गरेको आक्रमणको जवाफस्वरूप अमेरिकी सेनाले रातभर इरानका दर्जनौँ निसानामा हवाई प्रहार गरेको जनाएको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार ‘इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प्स’ (आईआरजीसी) सम्बन्धित विभिन्न स्थानलाई लक्षित गरी करिब दुई घण्टासम्म कारबाही गरिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनस्थित अमेरिकी सैनिक शिविरमा भएको आक्रमणको जवाफमा ‘अत्यन्त कठोर’ कारबाही गर्ने चेतावनी दिएको केही घण्टापछि उक्त आक्रमण भएको बताइएको छ।
यसैबीच, इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प्सले अमेरिकी आक्रमणको जवाफ दिने चेतावनी दिएको छ। इरानी पक्षको प्रतिक्रियाले दुई देशबीच फेरि प्रतिशोधात्मक आक्रमणको शृंखला सुरु हुने आशंका बढाएको छ।
पछिल्ला केही दिन आक्रमण रोकिएपछि अमेरिका र इरानबीच वार्ताको वातावरण बनाउन विभिन्न मध्यस्थकर्ताले कूटनीतिक पहल गरिरहेका थिए। तर नयाँ सैन्य कारबाहीपछि तनाव कम गर्ने प्रयास थप चुनौतीपूर्ण बनेको छ।
अमेरिका–इरान तनावसँगै मध्यपूर्वका अन्य देशहरूमा समेत सुरक्षा अवस्था प्रभावित भएको छ। जोर्डनले लगातार दोस्रो दिन आफ्नो भूमिमा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ भने कुवेतले पनि आफ्ना संरचनालाई लक्षित गरी आक्रमण भएको आरोप लगाएको छ। ती घटनालाई इरान पक्षको प्रतिशोधात्मक कदमका रूपमा हेरिएको छ।
यस्तै, बुधबार नै अमेरिकाले साउदी अरबसँग समन्वय गरी इराकमा रहेका इरान समर्थित मिलिसियामाथि पनि आक्रमण गरेको छ। उक्त कारबाहीमा कम्तीमा २० लडाकु र ६ जना इरानी सल्लाहकारको मृत्यु भएको दाबी गरिएको छ।
साउदी अरबले आफ्नो तेल संयन्त्रमाथि ड्रोन आक्रमण भएपछि जवाफी कारबाही गरिएको जनाएको छ। पछिल्ला घटनाक्रमले मध्यपूर्वमा व्यापक सैन्य टकरावको जोखिम पुनः बढेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





