LPL मा नेपाली स्टार त्रयी नखेल्ने, सन्दीप, दीपेन्द्र र कुशल प्रतियोगिताबाट बाहिर

काठमाडौं, साउन १५ — श्रीलङ्कामा जारी लङ्का प्रिमियर लिग (LPL) मा नेपालका प्रमुख क्रिकेटर सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल सहभागी नहुने निश्चित भएको छ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा सम्पन्न त्रिदेशीय शृङ्खलामा राष्ट्रिय टोलीको सहभागिताका कारण तीनै खेलाडी प्रतियोगिताको सुरुआती चरणमा टोलीसँग जोडिन सकेका थिएनन्। नेपाली राष्ट्रिय टोली आज नेदरल्यान्ड्सबाट स्वदेश फर्किँदै छ।

प्रतियोगिताको लिग चरण आइतबार सम्पन्न हुने र बुधबारदेखि प्लेअफ चरण सुरु हुने तालिका रहेकाले तीनै नेपाली खेलाडी यस संस्करणमा मैदान उत्रिन नपाउने भएका हुन्।

यसअघि ड्राफ्टमा जाफना किङ्ग्सले सन्दीप लामिछानेलाई २० हजार अमेरिकी डलर तथा दीपेन्द्र सिंह ऐरीलाई १५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। त्यस्तै कोलम्बो क्याप्सले ओपनर कुशल भुर्तेललाई १५ हजार अमेरिकी डलरमा टोलीमा आबद्ध गरेको थियो।

राष्ट्रिय टोलीको व्यस्त अन्तर्राष्ट्रिय तालिका र प्रतियोगिताको समय तालिका जुधेका कारण उनीहरू यसपटक LPL मा खेल्न नपाउने भएका हुन्।

Facebook Comments Box
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि

2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…

TOP
120 Shares