

हिन्दु–मुस्लिम धर्मगुरुद्वारा संयुक्त अपिल, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आग्रह
काठमाडौं, साउन १५ — हिन्दु र मुस्लिम समुदायका धर्मगुरुले संयुक्त अपिल जारी गर्दै सबै नागरिकलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेका छन्। धर्मको नाममा हिंसा, घृणा वा सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन उनीहरूले सबैलाई आह्वान गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भएको छलफलपछि जारी संयुक्त अपिलमा विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक गतिविधि विस्तार गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै नागरिकलाई संयम अपनाउन आग्रह गरिएको छ।
धर्मगुरुले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक राष्ट्र भएकाले धार्मिक सहिष्णुता, आपसी सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकता नेपालको पहिचान रहेको उल्लेख गरेका छन्। कुनै पनि घटनाले यी मूल्य र मान्यतामा आँच पुग्न नहुने उनीहरूको भनाइ छ।
उनीहरूले सुनसरीको देवानगञ्ज, सिरहा तथा मधेश प्रदेशका विभिन्न जिल्लामा भएका घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई राहत तथा उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
संयुक्त अपिलमा सबै धर्मको मूल भावना मानव कल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचारालाई सुदृढ बनाउनु रहेको उल्लेख गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमलाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।
संयुक्त विज्ञप्तिमा विश्व हिन्दु महासंघ नेपालका रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका खालिद सिद्दिकी, विश्व हिन्दु महासंघका राजुराज फुँयाल तथा अल सलाम सोसाइटीका मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन्।
धर्मगुरुले सबै नागरिकलाई शान्ति, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन तथा कुनै पनि प्रकारका हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गरेका छन्।
समाज
थप सामाग्री-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
-
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
बाढी–पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडक खण्ड अवरुद्ध
आज साउन १४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter मेष- परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन तथा शिक्षाको क्षेत्रमा…





