

सामाजिक सद्भाव कायम गरी संयमतापूर्वक संवाद गर्न महासचिव विष्णु गिरीको अपिल
काठमाडौं । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ राजधानी विशेष समितिका महासचिव विष्णु गिरीले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न र देशका विभिन्न ठाउँमा भएको घटनामा सामाजिक सद्भाव कायम गरी संयमतापूर्वक संवाद गरी निष्कर्षमा पुग्न अपिल गरेका छन् ।
अधिवक्ता समेत रहेका गिरीले पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न आग्रह गर्दै बढ्दै गएको साम्प्रदायिक तनाव र हिंसाप्रति गम्भीर र जिम्मेवार बन्न आग्रह गर्दै अब मुलुकले हिंसाको भार धान्न सक्ने अवस्था नरहेको बताए । महासचिव गिरीले सामाजिक सञ्जालमा अफवाह, उत्तेजक सामग्री वा द्वेष फैलाउने किसिमका पोस्ट तथा शेयर नगर्न आग्रह समेत गरेका छन् ।
महासचिव गिरीले सामाजिक सद्भाव कायम गर्न कलाकारहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै सामाजिक सद्भाव कायम गर्न राष्ट्रिय तथा स्थानीय तहका कलाकारहरूलाई समेत आह्वान गरेका छन् ।
महासचिव गिरीले कलाकारहरूले आ–आफ्नो क्षेत्रमा सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्द्धन र स्थिति सामान्यीकरणका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । गिरी यही साउन २ गते भएको राष्ट्रिय सङ्गीतकर्मी सङ्घ राजधानी विशेष समिति चौथो महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए।
समाज
थप सामाग्री-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
-
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
बाढी–पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडक खण्ड अवरुद्ध
आज साउन १४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter मेष- परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन तथा शिक्षाको क्षेत्रमा…





