प्रहरी प्रधान कार्यालयद्वारा इन्सपेक्टरहरूको काज सरुवा, विभिन्न कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको जिम्मेवारी हेरफेर गर्दै विभिन्न स्थानमा काज सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको काज सरुवा सूचीअनुसार प्रहरी निरीक्षक सरिता मगरलाई वडा प्रहरी कार्यालय रामबजार, कास्कीमा खटाइएको छ। त्यस्तै प्रहरी निरीक्षक यशोदा घलेलाई प्रहरी प्रभाग बाँडेगाउँ, ललितपुरमा जिम्मेवारी दिइएको छ।

यसैगरी प्रहरी निरीक्षक मधुसुदन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरी, प्रहरी निरीक्षक सुरेन्द्रविक्रम बर्तौलालाई इलाका प्रहरी कार्यालय हरिवन, सर्लाही तथा प्रहरी निरीक्षक दीपक खरेललाई इलाका प्रहरी कार्यालय गोलबजार, सिराहामा काज सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले संगठनको आवश्यकता, कार्यसम्पादन प्रभावकारिता र प्रहरी सेवाको व्यवस्थापनलाई ध्यानमा राख्दै निरीक्षकहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।

पछिल्लो काज सरुवासँगै विभिन्न प्रहरी कार्यालयमा नयाँ नेतृत्व र कार्यशैली आउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
15 Shares