

मधेस घटनाबारे मधेस केन्द्रित दलको प्रश्न, प्रधानमन्त्री बालेनको जवाफ– ‘सुनियोजित षड्यन्त्र होइन’
काठमाडौँ । मधेसमा भएका पछिल्ला घटनालाई लिएर मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री ‘बालेन’सँग भेट गरी आफ्ना धारणा, गुनासा र सुझावहरू राखेका छन्।
प्रधानमन्त्रीसँगको भेटमा नेताहरूले मधेसमा भएको घटना सामान्य परिस्थितिको परिणाम नभई योजनाबद्ध रूपमा भएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। उनीहरूले घटना भएको दिन जिल्लामा प्रहरीका उच्च नेतृत्वको अनुपस्थिति, सोही समयमा विद्युत् अवरोध हुनु, तथा सीमाबाट आएका केही समूहलाई नियन्त्रण गर्न नसकिएको विषयलाई शङ्कास्पद परिस्थितिका रूपमा प्रस्तुत गरेका हुन्।
मधेस केन्द्रित दलका नेताहरूले श्रम शक्ति पार्टीका अध्यक्ष र गृहमन्त्री को भूमिकामाथि समेत प्रश्न उठाउँदै निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।
नेता रामकुमार शर्माले घटनाक्रमका विभिन्न पक्षहरूलाई हेर्दा सुनियोजित गतिविधिको आशङ्का देखिएको भन्दै वास्तविकता बाहिर ल्याउन उच्चस्तरीय छानबिन हुनुपर्ने धारणा राखे।
प्रधानमन्त्री बालेनको स्पष्टोक्ति– ‘षड्यन्त्र भएको छैन’
भेटका क्रममा प्रधानमन्त्री बालेनले भने मधेस घटनामा कुनै प्रकारको सुनियोजित षड्यन्त्र नरहेको स्पष्ट पारेका छन्। आन्दोलनको संवेदनशील अवस्थामा गृहमन्त्री तत्काल घटनास्थल पुग्दा थप आशङ्का र तनाव सिर्जना हुन सक्ने भएकाले सुरुमा नजान आग्रह गरिएको उनले बताए।
प्रधानमन्त्रीका अनुसार गृहमन्त्रीले आफ्ना प्रतिनिधिमार्फत सुरक्षा अवस्थाको निरन्तर जानकारी लिइरहेका थिए। पछि आफ्नै आग्रहमा गृहमन्त्री सुनसरी पुगेको उनले जानकारी दिए।
प्रहरीको तयारी र तालिमको विषयमा बोल्दै प्रधानमन्त्री बालेनले दङ्गा नियन्त्रणसम्बन्धी पर्याप्त तालिमको अभावका कारण पटक–पटक समस्या देखिएको स्वीकार गरे। उनले आन्दोलनका क्रममा ज्यान गुमाउनेमध्ये धेरैको मृत्यु प्रहरीको गोलीबाट भएको उल्लेख गर्दै अब प्रहरीलाई दङ्गा नियन्त्रण तथा भीड व्यवस्थापनसम्बन्धी विशेष तालिम दिइने बताए।
उनले शान्ति सुरक्षा कायम गर्न आवश्यकताअनुसार नेपाली सेनालाई फिल्डमा परिचालन गरिएको पनि स्पष्ट पारे।
सङ्घीयतामाथि शङ्का नगर्न बालेनको आग्रह
सङ्घीयता र राज्य संरचनासम्बन्धी आशङ्का हटाउन आग्रह गर्दै प्रधानमन्त्री बालेनले मधेसी समुदायलाई लक्षित गर्दै मैथिली भाषामा समेत आफ्नो धारणा राखेका थिए।
उनले देशमा राजतन्त्र फर्किने, सङ्घीयता समाप्त हुने वा नेपाल हिन्दु राष्ट्र बन्ने जस्ता विषयहरू केवल अफवाह भएको भन्दै यस्ता भ्रममा विश्वास नगर्न आग्रह गरे।
‘मैले सङ्घीयताको विरुद्धमा जाने कल्पनासम्म गर्न सक्दिनँ,’ प्रधानमन्त्री बालेनको भनाइ उद्धृत गर्दै सहभागी नेताहरूले बताए।
मधेस घटनापछि उठेका प्रश्न, सरकारको भूमिका र सुरक्षा व्यवस्थापनबारे देखिएको विवादबीच प्रधानमन्त्री र मधेस केन्द्रित दलका नेताहरूबीच भएको छलफललाई संवाद र विश्वास निर्माणको प्रयासका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





