

सुनसरीमा अनिश्चितकालीन कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा भने निषेधाज्ञा कायम

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा लागू गरेको अनिश्चितकालीन कर्फ्यु शनिबार बिहानदेखि हटाएको छ। शान्ति–सुरक्षाको पछिल्लो अवस्थालाई मूल्याङ्कन गर्दै प्रशासनले कर्फ्यु हटाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जारी गरेको सूचनाअनुसार शनिबार बिहान ८ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म कर्फ्यु हटाइएको हो। यद्यपि, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही क्षेत्रमा भने निषेधाज्ञा जारी राखिएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ अनुसार तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जम्मा हुन वा कुनै किसिमको भीडभाड गर्न प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्ग आसपासको क्षेत्र तथा इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्र रहेका छन्।
प्रशासनले निषेधाज्ञा अवधिमा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, भेला तथा शान्ति–सुरक्षामा असर पार्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
यसअघि सुनसरीमा उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन प्रशासनले साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। पछिल्लो निर्णयसँगै जनजीवन केही सहज हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





