

आज देशभर मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, काठमाडौँमा पनि मध्यम वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशभरका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ। विभागको सहर केन्द्रित मौसम पूर्वानुमानअनुसार दिउँसो र राति देशका अधिकांश स्थानमा मध्यम वर्षा तथा केही क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ।
आज दिउँसो काठमाडौँ, पोखरा, डडेल्धुरा, जुम्ला, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङमा वर्षाको सम्भावना ६० प्रतिशतसम्म रहेको छ। ती क्षेत्रमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ।
त्यस्तै दिपायल, वीरेन्द्रनगर, घोराही, भैरहवा र जोमसोममा वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ भने सिमरा र जनकपुरमा ३० प्रतिशतसम्म वर्षा हुने अनुमान गरिएको छ। धनगढी र नेपालगञ्जमा दिउँसो मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
विभागका अनुसार आज रातिसमेत देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ। राति धनकुटा, जिरी र ताप्लेजुङमा वर्षाको सम्भावना ७० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।
त्यसैगरी धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, काठमाडौँ, ओखलढुङ्गा, विराटनगर, धरान र जनकपुरमा राति वर्षाको सम्भावना ६० प्रतिशतसम्म रहेको विभागले जनाएको छ।
मौसम पूर्वानुमानअनुसार आज नेपालगञ्ज, धनगढी, दिपायल र भैरहवामा अधिकतम तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियससम्म पुग्नेछ। राजधानी काठमाडौँमा अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।
यता हिमाली क्षेत्र जोमसोममा न्यूनतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियससम्म झर्ने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले वर्षासँगै मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





