

अमेरिकी बी–१/बी–२ भिसामा नयाँ नियम : नेपालीसहित ५० देशका नागरिकले २० हजार डलरसम्म धरौटी राख्नुपर्ने
काठमाडौं । अमेरिकाले पर्यटक (बी–२) र व्यावसायिक (बी–१) भिसा प्रक्रियामा नयाँ कडाइ गर्ने भएको छ। नेपालसहित ५० देशका नागरिकले अब अमेरिकी भिसाका लागि आवेदन दिँदा अधिकतम २० हजार अमेरिकी डलर (करिब ३० लाख रुपैयाँभन्दा बढी) सम्म धरौटी राख्नुपर्ने व्यवस्था लागू हुने भएको छ।
अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले परीक्षणका रूपमा सञ्चालन गर्दै आएको ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी स्वरूप दिँदै धरौटी रकमको सीमा निर्धारण गरेको हो। नयाँ व्यवस्थाबाट नेपाली भिसा आवेदकसमेत प्रत्यक्ष प्रभावित हुनेछन्।
नयाँ नियमअनुसार बी–१ (व्यावसायिक) र बी–२ (पर्यटक) भिसाका लागि आवेदन दिने व्यक्तिले न्यूनतम १० हजारदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी बुझाउनुपर्नेछ। उक्त रकम भिसा अन्तर्वार्ताअघि नै तोकिएको प्रक्रियामार्फत जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार भिसा आवेदन अस्वीकृत भएमा वा भिसा स्वीकृत भएर अमेरिका पुगेका व्यक्तिले आफ्नो भिसाको सर्त पालना गर्दै तोकिएको अवधिभित्र स्वदेश फर्किएमा धरौटी रकम फिर्ता गरिनेछ।
तर, भिसाको अवधि समाप्त भएपछि पनि अमेरिकामा गैरकानुनी रूपमा बस्ने (ओभरस्टे गर्ने) आवेदकको हकमा भने धरौटी रकम जफत गरिने प्रावधान राखिएको छ।
अमेरिकाले यो व्यवस्था विशेषगरी भिसा नियम उल्लंघन र अवैध बसाइँसराइ नियन्त्रण गर्ने उद्देश्यले अघि सारेको जनाएको छ। नयाँ प्रावधान लागू भएपछि नेपालसहित सम्बन्धित देशका नागरिकलाई अमेरिका भ्रमणका लागि थप आर्थिक तयारी आवश्यक पर्ने देखिएको छ।
समाज
थप सामाग्री-
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
-
सुरक्षा संकटको छायामा रुपन्देही सीमा: तस्करी नियन्त्रणमा प्रहरी नेतृत्वमाथि उठ्यो गम्भीर प्रश्न
-
आज साउन १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
२ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई…





