कञ्चनपुरमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ, १ लाख ६१ हजार नगदसहित तास बरामद

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार दिउँसो जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त घरमा छापा मारेको थियो।

प्रहरीको कारबाहीका क्रममा भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय सुरेश चन्दसहित ८ जना पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ६१ हजार रुपैयाँचार गड्डी तास बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ परेका व्यक्तिहरूमाथि जुवा सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले अवैध जुवातास तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
15 Shares