

राहदानी विभागको लापरबाहीमाथि परराष्ट्रमन्त्रीसँग प्रश्न : ११ वर्षीया बालिकाले भोगेको पीडाको जिम्मेवार को ?
काठमाडौं । राहदानी विभागको सेवा प्रवाह र कर्मचारीको जिम्मेवारीपनमाथि फेरि गम्भीर प्रश्न उठेको छ। फ्रान्समा बस्दै आएकी ११ वर्षीया मिगिन कार्की थापाले राहदानी नवीकरणका क्रममा भोग्नुपरेको समस्या र तनावपूर्ण अवस्थाले सरकारी सेवा प्रणालीप्रति नागरिकको असन्तुष्टि थप चुलिएको छ।
परराष्ट्र मन्त्रालय मातहत रहेको राहदानी विभागमा भएको त्रुटिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाउँदै सरोकारवालाहरूले परराष्ट्रमन्त्रीसँग जवाफ मागेका छन्।
मिगिन आफ्ना अभिभावकसँगै फ्रान्समा बस्दै आएकी छन्। नेपाल आएका बेला उनले गत सोमबार राहदानी नवीकरणका लागि आवेदन दिएकी थिइन्। तर, राहदानी तयार भएको जानकारी दिने म्यासेज नआए पनि शनिबार अपराह्न फ्रान्स फर्कने पूर्वनिर्धारित कार्यक्रम भएकाले उनी अभिभावकसहित बिहीबार राहदानी विभाग पुगिन्।
विभाग पुग्दा राहदानी तयार भएको जानकारी पाएपछि उनले राहदानी बुझिन्। तर, राहदानीमा पाँच वर्ष मात्रै म्याद उल्लेख भएको देखिएपछि उनी तत्कालै समस्याबारे जानकारी गराउन पुगिन्। त्यसपछि उनलाई शुक्रबार बिहान विभागको सम्बन्धित शाखामा सम्पर्क गर्न भनियो।
शुक्रबार बिहानै मिगिन अभिभावकसहित विभाग पुगिन्। उनले आफ्नो हवाई टिकटसमेत देखाउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरिन्। विभागका कर्मचारीले पुनः बायोमेट्रिक गर्न लगाए र शनिबार बिहान राहदानी लिन बोलाए।
तर, शनिबार नै फ्रान्स फर्कनुपर्ने भएकाले अभिभावकले सोही दिन रातिसम्म कुर्न तयार रहेको भन्दै छिटो प्रक्रिया अघि बढाइदिन आग्रह गरे। उनीहरू दिनभर राहदानी विभागको कोठा नम्बर १०७ मा बसेर प्रतीक्षा गरिरहे। तर, साँझ करिब साढे ६ बजे ‘आज प्रिन्ट गर्ने काम बन्द भयो, भोलि आउनुहोस्’ भन्ने जवाफ पाए।
समस्या समाधानका लागि विभिन्न निकायमा सम्पर्क गर्दा पनि प्रभावकारी पहल हुन नसकेको गुनासो गरिएको छ। परराष्ट्रमन्त्रीसँग समेत सम्पर्क गर्ने प्रयास गरिए पनि फोन नउठेको बताइएको छ।
पछि ‘हेल्लो सरकार’को पहलपछि दिउँसो २:३० बजेसम्म राहदानी उपलब्ध गराउने आश्वासन दिइएको थियो। तर, विमानस्थल पुग्नुपर्ने समय नजिकिँदै गर्दा पनि प्रक्रिया पूरा नहुँदा परिवार थप तनावमा परेको थियो।
मिगिनकी आमाले विभागका कर्मचारीको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै भनिन्, “तपाईंहरूको यस्तै व्यवहारले देश सुध्रिने होइन, झन् बिग्रँदै जान्छ। मेरो गल्तीका कारण होइन, विभागकै त्रुटिका कारण मैले यस्तो तनाव भोग्नुपरेको हो। प्रमाण देखाउँदा पनि मेरो समस्याप्रति अलिकति संवेदनशीलता देखाइएन।”
उनको प्रश्न र गुनासोमा विभागका अधिकारीहरू मौन बसेको बताइएको छ।
यो घटनाले सरकारी सेवा प्रणालीमा देखिने ढिलासुस्ती, समन्वय अभाव र सेवाग्राहीप्रतिको संवेदनशीलताको कमीलाई पुनः उजागर गरेको छ। विशेषगरी विदेश फर्कनुपर्ने बालिकाले आफ्नै देशको सरकारी कार्यालयमा भोग्नुपरेको मानसिक तनावले राज्यको सेवा संस्कृतिमाथि गम्भीर प्रश्न खडा गरेको छ।
सरोकारवालाहरूले प्रश्न गरेका छन्– राहदानीमा भएको त्रुटिको जिम्मेवारी कसले लिने ? सेवाग्राहीलाई परेको क्षतिको जवाफदेही को हुने ? र यस्तो लापरबाही रोक्न सरकारले कहिले प्रभावकारी कदम चाल्ने ?
राहदानीजस्तो अत्यावश्यक सेवामा हुने सामान्य त्रुटिले पनि नागरिकको यात्रा, अध्ययन, रोजगारी र जीवनयोजनामा ठूलो असर पार्न सक्ने भएकाले सम्बन्धित निकायले तत्काल सुधारका कदम चाल्नुपर्ने माग उठेको छ।
समाज
थप सामाग्री-
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
-
सुरक्षा संकटको छायामा रुपन्देही सीमा: तस्करी नियन्त्रणमा प्रहरी नेतृत्वमाथि उठ्यो गम्भीर प्रश्न
-
आज साउन १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
२ दिन अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई…





