

राहदानी विवादमा परराष्ट्रमन्त्रीमाथि प्रश्न : “मिगिनको पीडा बुझ्न नसक्ने जवाफले सेवाग्राहीको घाउमा नुन छर्कियो”
काठमाडौं । राहदानी सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र त्रुटीलाई लिएर परराष्ट्रमन्त्री शिशिर खनालमाथि प्रश्न उठेको छ। फ्रान्समा बस्दै आएकी ११ वर्षीया मिगिना कार्की थापाले नेपाल आएका बेला राहदानी नवीकरणका क्रममा भोग्नुपरेको समस्या र तनावबारे सार्वजनिक भएको गुनासोपछि मन्त्री खनालले दिएको प्रतिक्रियाप्रति असन्तुष्टि व्यक्त गरिएको हो।
मिगिनाले आकस्मिक अवस्थामा राहदानी बनाउन खोज्दा तीन दिने द्रुत सेवाको शुल्क तिरे पनि एक सातासम्म कुर्नुपरेको, त्यसमाथि जारी भएको राहदानीमा समेत विवरणसम्बन्धी त्रुटी देखिएको गुनासो गरिएको छ। विदेश फर्किने अन्तिम समयमा समेत राहदानी हातमा नपर्दा आफू र आफ्नी आमाले ठूलो मानसिक तनाव व्यहोर्नुपरेको उल्लेख गरिएको छ।
सार्वजनिक भएको विवरणअनुसार मिगिनाले सोमबार बायोमेट्रिक प्रक्रिया पूरा गरेकी थिइन्। राहदानी तयार भएको सूचना आउने प्रतीक्षामा रहे पनि बिहीबारसम्म जानकारी नआएपछि उनीहरू राहदानी विभाग पुगेका थिए। त्यहाँ राहदानी बनेको जानकारी पाए पनि राहदानीको अवधि र समाप्त मितिमा त्रुटी देखिएपछि सच्याउन आग्रह गरिएको थियो।
शुक्रबार प्रशासन शाखामा पुगेर गुनासो गरेपछि पुनः प्रक्रिया अघि बढाइएको भए पनि दिनभर विभागमै कुर्नुपरेको र साँझ मात्रै अर्को दिन आउन भनिएको आरोप छ। विदेश जाने टिकट देखाउँदासमेत तत्काल समाधान नभएको भन्दै सेवाग्राही पक्षले विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।
मिगिनाको राहदानी अन्ततः उडानको दिन मात्र उपलब्ध भएको बताइएको छ। ६ बजेको उडानका लागि विमानस्थल पुग्नुपर्ने अवस्थामा दिउँसोसम्म राहदानीको प्रतीक्षा गर्नुपर्दा परिवार ठूलो तनावमा परेको उल्लेख गरिएको छ।
यस विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै राहदानी प्राप्त भएको विषयलाई सकारात्मक रूपमा प्रस्तुत गरेका थिए। तर आलोचकहरूले भने मन्त्रीको प्रतिक्रिया सेवाग्राहीले भोगेको पीडा र विभागीय कमजोरीलाई सम्बोधन गर्नेभन्दा पनि बचाउ गर्ने शैलीको भएको टिप्पणी गरेका छन्।
“सेवाग्राहीले विभागीय त्रुटीका कारण भोगेको तनावप्रति संवेदनशील हुनुपर्नेमा उपलब्धि प्रस्तुत गर्ने शैलीको जवाफ आएको छ,” भन्दै मन्त्रीको भूमिकामाथि प्रश्न उठाइएको छ।
राहदानी जस्तो अत्यावश्यक कागजातमा हुने सानो त्रुटीले पनि विदेश यात्रा, अध्ययन, रोजगारी र पारिवारिक योजनामा ठूलो असर पार्न सक्ने भन्दै सेवा प्रणाली सुधार गर्न माग गरिएको छ।
गुनासोकर्ताले मन्त्री खनाललाई प्रश्न गर्दै भनेका छन्– “तपाईंको नियतमाथि प्रश्न होइन, तपाईं मातहतको निकायमा भइरहेको लापरवाहीको उदाहरण प्रस्तुत गरिएको हो। सेवाग्राहीको पीडा बुझेर सुधारतर्फ ध्यान दिनु नै जिम्मेवार नेतृत्वको पहिचान हो।”
राहदानी विभागमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको भए पनि द्रुत सेवा लिएका व्यक्तिले समेत समयमै सेवा नपाउनु र त्रुटी सच्याउन पुनः धाउनुपर्ने अवस्थाले सरकारी सेवा प्रवाहमाथि गम्भीर प्रश्न खडा गरेको छ।
समाज
थप सामाग्री-
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
-
सुरक्षा संकटको छायामा रुपन्देही सीमा: तस्करी नियन्त्रणमा प्रहरी नेतृत्वमाथि उठ्यो गम्भीर प्रश्न
-
आज साउन १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
२ दिन अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई…





