गृहमन्त्री गुरुङ र हिन्दू सम्राट सेनाबीच वार्ता

जनकपुरधाम । शुक्रबार राति मधेश पुगेका गृहमन्त्री सुधन गुरुङले हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग वार्ता गरेका छन्। जनकपुरधामस्थित एक होटलमा दुवै पक्षबीच वार्ता भइरहेको छ।

सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ, प्रतिनिधिसभा सदस्य शिवशंकर यादव र रामविनोद यादव सहभागी छन्। वार्तामा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारी, सशस्त्र प्रहरी बलका डीआईजी विष्णु भट्ट, राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुपेश खड्कालगायत सुरक्षा तथा प्रशासनका अधिकारीको पनि सहभागिता रहेको छ।

हिन्दू सम्राट सेनाको तर्फबाट अध्यक्ष राजेश सनातनी, उपाध्यक्ष कृष्ण सनातनी, महासचिव राकेश सनातनी तथा अन्य पदाधिकारी सहभागी भएका छन्।

वार्तामा संयुक्त हिन्दू मोर्चाले शुक्रबार राति पेश गरेका मागबारे छलफल भइरहेको जनाइएको छ।

Facebook Comments Box
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि

2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…

TOP
Shares