

गाजामा इजरायली आक्रमण जारी, रातभरमा कम्तीमा आठ जनाको मृत्यु
गाजा । युद्ध अन्त्यका लागि सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरिए पनि गाजामा इजरायलको सैन्य आक्रमण रोकिएको छैन। शनिबार रातभर भएका हवाई आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन्।
हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको प्रस्तावमा सहमति जनाएको जनाएको थियो। उक्त प्रस्तावमा हतियार हस्तान्तरण तथा गाजा क्षेत्रबाट इजरायली सेनाको चरणबद्ध फिर्तीसम्बन्धी व्यवस्था समेटिएको छ।
तर, इजरायलले यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। एएफपीका अनुसार इजरायली राजनीतिक स्रोतले हमासको ‘पूर्ण निःशस्त्रीकरण’ नभएसम्म गाजाबाट सेना फिर्ता नहुने स्पष्ट पारेको छ।
गाजाको नागरिक सुरक्षा निकायका अनुसार रातभरका आक्रमणमा विभिन्न आवासीय भवनहरूलाई निशाना बनाइएको थियो। मध्य गाजामा इजरायली सैन्य हेलिकप्टरले एक अपार्टमेन्टमा गरेको आक्रमणमा एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्।
त्यसैगरी, गाजा सहरको पश्चिमी क्षेत्रमा रहेको अर्को अपार्टमेन्टमा भएको आक्रमणमा एक वृद्ध र एक बालकको ज्यान गएको छ। दक्षिणी गाजाको खान युनिसको उत्तर–पश्चिमस्थित अर्को अपार्टमेन्टमा गरिएको आक्रमणमा एक बालकसहित तीन जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
यसअघि शनिबार भएका छुट्टाछुट्टै आक्रमणमा अन्य आठ जनाले ज्यान गुमाएका थिए। ती आक्रमणका क्रममा एक अस्पतालको चिकित्सा सामग्रीमा क्षति पुगेको र भवनको छतसमेत निशाना बनाइएको अधिकारीहरूले बताएका छन्।
समाज
थप सामाग्री-
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
-
सुरक्षा संकटको छायामा रुपन्देही सीमा: तस्करी नियन्त्रणमा प्रहरी नेतृत्वमाथि उठ्यो गम्भीर प्रश्न
-
आज साउन १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
२ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई…





