ब्रड पिकमा ज्यान गुमाएका निम्सदाइसहित अन्य आरोहीको शव आज क्याम्प–१ ल्याइँदै

काठमाडौं — पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जासहित अन्य दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ सम्म ल्याउने तयारी गरिएको छ।

उद्धार अभियानमा खटिएको ग्राउन्ड टिमका अनुसार पहिलो चरणमा दुर्घटनास्थलबाट शवहरू क्याम्प–१ सम्म झारिनेछ। त्यसपछि सोमबार ती शवलाई जापानी क्याम्पसम्म पुर्‍याउने योजना रहेको छ।

मौसम र हिमालको अवस्था अनुकूल भएमा जापानी क्याम्पबाट हेलिकप्टरमार्फत शव तथा उद्धार टोलीलाई थप सुरक्षित स्थानमा सारिनेछ। त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी दिवंगत आरोहीहरूको शव सम्मानपूर्वक स्वदेश ल्याइने तयारी गरिएको जनाइएको छ।

गत बिहीबार पाकिस्तानको कराकोरम हिमशृङ्खलाअन्तर्गत पर्ने ८,०४७ मिटर अग्लो ब्रड पिकमा गएको हिमपहिरोमा निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली दुर्घटनामा परेको थियो। उक्त टोलीमा ६ जना नेपाली पर्वतारोही सहभागी थिए।

एलिट एक्सपिडले शनिबार निर्मल पुर्जाको निधन भएको पुष्टि गरेको थियो। दुर्घटनामा उनका सहयात्री पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पासहित अन्य आरोहीको पनि ज्यान गएको पुष्टि भइसकेको छ।

हाल घटनास्थलमा उद्धार टोलीले कठिन हिमाली भूगोल र प्रतिकूल मौसमका बीच शव उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

Facebook Comments Box
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
२ दिन अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई…

TOP
Shares