भरतपुर कारागारबाट फरार कैदी भरुवा बन्दुकसहित पक्राउ

चितवन — भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका–११, थाकलटार निवासी ४५ वर्षीय आइतसिंह लामा रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साउन १७ गते इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो।

लामा २०८२ भदौ २५ गते जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका थिए। उनी एकसिङ्गे गैँडा मारेको वन्यजन्तुसम्बन्धी कसुरमा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना सजाय भुक्तान गरिरहेका कैदी हुन्।

प्रहरीले पक्राउका क्रममा लामाको साथबाट एक थान भरुवा बन्दुकसहित अन्य सामग्री बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फरार प्रकरण तथा बरामद गरिएको हतियारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
२ दिन अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई…

TOP
Shares