धार्मिक अभियानमा सहभागी हुनु व्यक्तिगत स्वतन्त्रता हो : सांसद मनिष झा

जनकपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले धार्मिक आस्थाका आधारमा कुनै पनि अभियानमा सहभागी हुनु प्रत्येक नागरिकको व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताएका छन्।

आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले हिन्दू सम्राट सेनाका तर्फबाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेको विषयमा उठेका आलोचनाबारे आफ्नो धारणा राखेका हुन्।

झाले वार्तामा सहभागी व्यक्ति रास्वपाको सदस्य भए पनि हिन्दूवादी अभियन्ताका रूपमा सक्रिय रहन पाउने अधिकार रहेको स्पष्ट पारे। कुनै राजनीतिक दलको सदस्य भएकै कारण सरकारसँग वार्तामा सहभागी हुन नपाउने भन्ने तर्क उचित नभएको उनको भनाइ थियो।

‘हाम्रा कार्यकर्तामध्ये एक जना रास्वपाको सदस्य हुनुहुन्थ्यो, तर उहाँ हिन्दूवादी अभियन्ता पनि हुनुहुन्छ। त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो। आन्दोलनलाई हिंसातर्फ लैजानुभन्दा संवाद र वार्तामार्फत समाधान खोज्नु उचित हुन्छ,’ उनले भने।

रास्वपाको कुनै भ्रातृ संगठन नरहेको उल्लेख गर्दै झाले पार्टीका सदस्यहरूले आफ्नो धार्मिक आस्था अनुसार व्यक्तिगत रूपमा धार्मिक अभियानमा सहभागी हुन सक्ने बताए। धार्मिक आस्था र राजनीतिक आबद्धतालाई एकअर्काको विरोधी विषयका रूपमा व्याख्या गर्नु उचित नहुने उनको भनाइ थियो।

Facebook Comments Box
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
२ दिन अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई…

TOP
Shares