

दाङमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, चार भारतीय नागरिक घाइते
दाङ — दाङमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्।
राप्ती गाउँपालिका–४, गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी४४एएस ८१२४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब पाँच फिट तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा कार चालक भारतको सिद्धार्थनगर निवासी २५ वर्षीय रवि महमद, उनकी श्रीमती ३४ वर्षीया फराह सेख, ६ वर्षीया छोरी रिफा सेख तथा ३२ वर्षीय सनि कुमार घाइते भएका छन्।
घाइते चारै जनालाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनिया पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
समाज
थप सामाग्री-
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
-
सुरक्षा संकटको छायामा रुपन्देही सीमा: तस्करी नियन्त्रणमा प्रहरी नेतृत्वमाथि उठ्यो गम्भीर प्रश्न
-
आज साउन १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
२ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई…





