

हचुवा छापा प्रकरणले मोरङ प्रहरीमाथि प्रश्न, एसपी कटवालको कार्यशैली विवादमा
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालको कार्यशैलीलाई लिएर प्रश्न उठ्न थालेको छ। पछिल्ला केही घटनामा प्रहरीले पर्याप्त सूचनाको प्रमाणीकरण नगरी हतारमा कारबाही गरेको आरोप लागेपछि प्रहरीको विश्वसनीयतामाथि बहस सुरु भएको हो।
सोमबार बिहान विराटनगरस्थित एक प्रतिष्ठित व्यापारिक घराना देवेनरा ग्रुपको कार्यालय तथा निवासमा प्रहरीले तस्करीको सुनचाँदी रहेको आशंकामा छापा मारेको थियो। ठूलो सुरक्षा घेरासहित गरिएको खानतलासीका क्रममा सडकसमेत बन्द गरिएको थियो।
तर, प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उक्त खानतलासीबाट कुनै आपत्तिजनक सामग्री वा अवैध वस्तु बरामद नभएको जनाइएको छ। त्यसपछि विराटनगरका व्यवसायीहरूले प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
व्यवसायीहरूले पछिल्लो समय विभिन्न कारणले निजी क्षेत्र त्रसित अवस्थामा रहेको बेला पर्याप्त अनुसन्धानबिना प्रतिष्ठित व्यक्तिको घरमा गरिने यस्ता कारबाहीले व्यवसायिक वातावरणमा नकारात्मक असर पार्न सक्ने बताएका छन्।
मोरङ प्रहरीमाथि यसअघि पनि यस्तै शैलीका कारबाही गरेको आरोप लागेको थियो। गत असार ४ गते कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला मन्त्री इन्द्रमणि पराजुलीको सरकारी क्वार्टरमा फरार व्यक्ति लुकेको आशंकामा प्रहरीले खानतलासी गरेको थियो। तर, त्यहाँ कोही नभेटिएपछि प्रहरीले मन्त्रीसँग क्षमायाचना गर्नुपरेको थियो।
लगातार यस्ता घटनाहरू सार्वजनिक हुन थालेपछि प्रहरीको सूचना संकलन, अनुसन्धान प्रक्रिया र निर्णय क्षमतामाथि प्रश्न उठेको छ। जानकारहरूले संवेदनशील कारबाही अघि सूचना पुष्टि गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
यता, एसपी कवित कटवालले भने प्रहरी कारबाही कानुनी प्रक्रिया र प्राप्त सूचनाका आधारमा हुने बताउँदै आएका छन्। प्रहरी नेतृत्वले पनि घटनाको वास्तविक अवस्था र कारबाही प्रक्रियाबारे आवश्यक समीक्षा गर्नुपर्ने देखिएको छ।
हचुवामा गरिने कुनै पनि सुरक्षा कारबाहीले प्रहरीको छवि र नागरिक विश्वासमा असर पार्न सक्ने भएकाले आगामी दिनमा अनुसन्धानमुखी र प्रमाणमा आधारित कार्यशैली अपनाउनुपर्ने आवाज उठिरहेको छ।
समाज
थप सामाग्री-
स्वपहिचान (स्वअनुभूत लैङ्गिक पहिचान/ब्रेन जेण्डर) का आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
-
बारा सीमामा तस्करी संरक्षणको आरोप : बिओपी बरैनियामा ‘घुमुवा’ परिचालन गरिएको दाबी, संगठनभित्रै चर्चा
-
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
-
बौद्धका डीएसपी रोक्का तानिए, तर मुद्दा शाखाका अधिकारीमाथि किन मौनता ? अनुसन्धानको घेरामा उठ्यो प्रश्न
-
आज साउन १८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
२ दिन अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रका डान्सबार, दोहोरी, क्लब, लाउन्ज तथा रात्रिकालीन…





