बारामा प्रहरीमाथि तस्करी, हुन्डी र जुवा संरक्षणको आरोप, अनुसन्धानको माग

बारा । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) नारायण लुइटेलमाथि तस्करी, अवैध असुली, जुवा तथा हुन्डी कारोबारलाई संरक्षण दिएको आरोप सार्वजनिक भएको छ।
प्राप्त विवरणअनुसार सई लुइटेलको दरबन्दी जिल्ला प्रहरी कार्यालय पर्सामा रहे पनि उनी करिब एक वर्षदेखि जिल्ला प्रहरी कार्यालय बारामा काजमा कार्यरत छन्। बारामा आएलगत्तै उनले पर्सासँग जोडिएको नाका प्रहरी चौकी मुसहर्वाको इन्चार्जको जिम्मेवारी सम्हालेका थिए।
उनी तत्कालीन मानवस्रोत विभागका एआईजी राजन अधिकारीको प्रभावमा उक्त जिम्मेवारीमा पुगेको तथा त्यसक्रममा सादा पोसाकमा प्रहरी परिचालन गरी सीमावर्ती क्षेत्रमा तस्करीसँग सम्बन्धित गतिविधि र अवैध असुली भएको आरोप लगाइएको छ। प्रहरी जवान फुलसरिफ आलमलाई सादा पोसाकमा खटाई तस्करहरूसँग समन्वय गरी रकम असुली गरिएको दाबीसमेत गरिएको छ।
यस्तै, एआईजी अधिकारी कोशी प्रदेश प्रहरी प्रमुख रहँदासमेत सई लुइटेल उनीसँगै सादा पोसाकमा कार्यरत रहेको र त्यसैको प्रभावका आधारमा बारामा समेत आर्थिक चलखेललाई निरन्तरता दिएको आरोप लगाइएको छ।
हाल सई लुइटेल जिल्ला प्रहरी कार्यालय बाराको सादा पोसाक टोली तथा अपराध अनुसन्धानसँग सम्बन्धित जिम्मेवारीमा रहेको बताइएको छ। आरोपमा उनी जिम्मेवारीमा आएपछि जिल्लामा तस्करी, जुवा र हुन्डी कारोबार थप सक्रिय भएको दाबी गरिएको छ।
सार्वजनिक रूपमा उठाइएका आरोपअनुसार बारामा केही व्यक्तिहरूको संलग्नतामा हुन्डी कारोबार सञ्चालन भइरहेको, त्यसबाट मासिक रकम असुली हुने तथा त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही सदस्यको समेत मिलेमतो रहेको दाबी गरिएको छ। साथै जिल्लाका केही स्थानमा जुवा अखडा सञ्चालन भई त्यसबाट विभिन्न तहका प्रहरी अधिकारीसम्म रकम पुग्ने आरोप पनि लगाइएको छ।
यसैगरी, सई लुइटेलकै संरक्षणमा केही व्यक्तिहरूद्वारा हुन्डी कारोबार सञ्चालन भइरहेको तथा त्यसबाट मासिक रूपमा ठूलो रकम असुली हुने दाबी गरिएको छ। जुवा सञ्चालनबाट समेत आर्थिक लाभ लिने गरेको आरोप सार्वजनिक भएको छ।
आरोपमा सई लुइटेलको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर तथा अन्य उच्च प्रहरी अधिकारीहरूसँग निकट सम्बन्ध रहेको दाबी गर्दै त्यसकै आडमा प्रभाव जमाउने गरेको उल्लेख गरिएको छ। यद्यपि, यसबारे सम्बन्धित अधिकारीहरूको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
केही दिनअघि गृहमन्त्री सुधन गुरुङले बाराका विभिन्न सीमा नाकाको निरीक्षण गर्दै तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन दिएका थिए। तर, त्यसपछि पनि जिल्लामा तस्करी, हुन्डी र जुवा गतिविधि जारी रहेको आरोप उठाइएको छ।
यसैबीच, इलाका प्रहरी कार्यालय सिम्रौनगढका इन्स्पेक्टर किसुनदेव शाह (केडी शाह) माथि पनि आफ्नो कार्यक्षेत्रमा तस्करी, जुवा, हुन्डी तथा लागूऔषध ओसारपसार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह नगरेको र संरक्षण दिएको आरोप सार्वजनिक भएको छ।

Facebook Comments Box
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
२ दिन अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रका डान्सबार, दोहोरी, क्लब, लाउन्ज तथा रात्रिकालीन…

TOP
15 Shares