

भाजपाको ३० वर्ष पुरानो गढ तोड्दै प्रशान्त किशोरको ऐतिहासिक विजय

काठमाडौं — भारतीय राजनीतिमा चुनावी रणनीतिकारका रूपमा परिचित प्रशान्त किशोरले प्रत्यक्ष राजनीतिमा पहिलो ठूलो सफलता हात पारेका छन्। बिहारको राजधानी पटनाअन्तर्गत पर्ने बाँकीपुर विधानसभा उपनिर्वाचनमा जन सुराज पार्टीका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै उनले भारतीय जनता पार्टी (भाजपा) को करिब ३० वर्षदेखिको वर्चस्व अन्त्य गरेका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार प्रशान्त किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दै भाजपाका उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ मतान्तरले पराजित गरेका छन्। नीरज कुमारको पक्षमा ४४ हजार ८२७ मत परेको थियो। यो प्रशान्त किशोरको प्रत्यक्ष निर्वाचनमा पहिलो जित हो।
बाँकीपुरलाई लामो समयदेखि भाजपाको सबैभन्दा बलियो सहरी निर्वाचन क्षेत्रका रूपमा हेरिँदै आएको थियो। सन् १९९५ देखि लगातार भाजपाले जित्दै आएको यो क्षेत्रमा यसअघि नितिन नवीन निर्वाचित भएका थिए। उनी राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको सिटमा प्रशान्त किशोर विजयी भएका हुन्।
विजयपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रशान्त किशोरले आफूले कुनै असाधारण काम नगरेको बताउँदै ३० वर्ष पुरानो राजनीतिक किल्ला ३० दिनमै भत्किएको उल्लेख गरे। उनले अब तीन महिनाभित्र बाँकीपुरमा देखिने गरी परिवर्तन ल्याउने प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
राजनीतिक विश्लेषकहरूले यस नतिजालाई बिहारको राजनीतिमा नयाँ मोडका रूपमा व्याख्या गरेका छन्। लामो समयदेखि अन्य दलका लागि चुनावी रणनीति तयार पार्दै आएका प्रशान्त किशोर अब आफ्नै राजनीतिक आधार स्थापित गर्न सफल भएको उनीहरूको भनाइ छ। शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका मुद्दाले विशेषगरी सहरी मतदातालाई आकर्षित गरेको विश्लेषण गरिएको छ।
प्रशान्त किशोरको जितपछि बिहारका मुख्यमन्त्री सम्राट चौधरीले उनलाई बधाई दिँदै लोकतान्त्रिक जनादेशको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
यो जितसँगै जन सुराज पार्टीले आफ्नो पहिलो ठूलो निर्वाचन सफलता हासिल गरेको छ। विश्लेषकहरूका अनुसार यस परिणामले आगामी बिहार विधानसभा निर्वाचनमा नयाँ शक्ति सन्तुलनको संकेत दिएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





