

पशुपतिनाथ दर्शनका लागि छिट्टै नेपाल आउने दिल्लीको मुख्यमन्त्रीको तयारी

काठमाडौं — भारतको दिल्ली प्रदेश सरकारकी मुख्यमन्त्री रेखा गुप्ताले भगवान् श्री पशुपतिनाथको दर्शन तथा पूजा–आराधनाका लागि छिट्टै नेपाल आउने बताएकी छन्।
पाल्पा निर्वाचन क्षेत्र नं. १ का सांसद सन्दीप रानाको नेतृत्वमा गएको टोलीसँग भएको भेटमा उनले निकट भविष्यमै नेपाल भ्रमण गरी पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने योजना रहेको जानकारी दिइन्।
मुख्यमन्त्री गुप्ताले भगवान् श्री पशुपतिनाथका कारण नेपाल र भारतबीच लामो समयदेखि धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ रहँदै आएको उल्लेख गरिन्।
भेटका क्रममा दुवै देशका युवाबीच सहकार्य विस्तार, नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने तथा आपसी विकासका विषयमा पनि छलफल भएको सांसद रानाले जानकारी दिए।
भारतस्थित नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन पुगेको नेपाली टोलीले मुख्यमन्त्री गुप्तासँग भेट गरेको हो। टोलीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी, कांग्रेस नेत्री सुनिता कुँवर तथा युवा नेताहरू सुशान्त आचार्य र जीवन तिवारीलगायत सहभागी थिए।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





