

दुर्घटनापछि सहयात्रीको हत्या गरी सिँचाइ नालामा शव फाल्ने मोटरसाइकल चालक पक्राउ

बर्दिया। बर्दियामा मोटरसाइकल दुर्घटनापछि घाइते भएका आफ्नै सहयात्रीको हत्या गरी शव सिँचाइ नालामा फालेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्।
प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए भने पछाडि सवार ठाकुरबाबा नगरपालिका–९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए।
घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो। सोही क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका आसारामलाई उद्धार गर्नुको सट्टा चालक गोविन्द जैसीले निर्माणाधीन घरको सटरिङमा प्रयोग हुने काठ र मोटरसाइकलको चाबीले प्रहार गरेको तथा मृतकले लगाएको माला/डोरीले घाँटी कसी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि शव सिँचाइ नालामा फालेर उनी घटनास्थलबाट फरार भएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले आरोपी गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





