
रुपन्देहीमा उत्पादकबाटै उपभोक्तालाई सिधै एलपी ग्यास वितरण

रुपन्देही । एलपी ग्यासको आपूर्ति सहज हुन नसकेपछि रुपन्देहीमा उत्पादकबाटै उपभोक्तालाई प्रत्यक्ष ग्यास वितरण सुरु गरिएको छ। नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय, भलबारीले ग्यास बिक्रेता संघ र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा यस्तो व्यवस्था मिलाएको हो।
मंगलबार बुटवलस्थित बाल मन्दिर र भैरहवास्थित खाद्य संस्थानबाट गरी १ हजार ६ सय सिलिन्डर वितरण गरिएको जनाइएको छ। बुटवल, आरती, सिद्धार्थ, सिद्धिनाथ, त्रिशूल, जानकी, स्वस्तिक, चण्डेश्वरी र लुम्बिनी लगायतका ब्रान्डका ग्यास वितरणमा राखिएका छन्।
ग्यास लिन बिहानैदेखि वितरण केन्द्रमा उपभोक्ताको लामो लाइन लागेको थियो। चर्को घामका बीच पनि उपभोक्ताहरू सिलिन्डर बोकेर घण्टौँ लाइनमा बसेका थिए। बजारमा आपूर्ति सहज नभएपछि उपभोक्तालाई तत्काल राहत दिन उत्पादकबाटै प्रत्यक्ष वितरणको व्यवस्था गरिएको निगमले जनाएको छ।
ग्यास अभाव हुन सक्ने आशंकामा केही उपभोक्ताले अतिरिक्त सिलिन्डर राख्न थालेपछि माग बढेको बताइएको छ। रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय एलपी ग्यासको माग बढेकाले आपूर्ति व्यवस्थापनमा थप दबाब परेको जनाइएको छ।
समाज
थप सामाग्री-
आज असोज १० गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
कोजाग्रत पूर्णिमादेखि मेची महाकाली श्रीमुक्तिनाथ रथयात्रा हुँदै
-
प्रहरीमा इन्स्पेक्टरदेखि डीआईजीसम्म सरुवा तयारी पूरा, निर्णयमा भने अन्योल
-
रोशी खोलामा सतर्कता तह पार, बीपी राजमार्गअन्तर्गत गिम्दीमा पहिरोले सडक अवरुद्ध
-
लगातार वर्षापछि कान्ति लोकपथका तीन स्थानमा पहिरो, यातायात सेवा प्रभावित
विश्वको छानोबाट उठेको नेपालको आवाज
२ दिन अगाडि
2.2kViews 15 Shares Share on Facebook Share on Twitter संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले दिएको सम्बोधन केवल…





