आज असोज १० गते शनिबार, यस्तो छ तपाईंको राशिफल

मेष आध्यात्मिक चेतना जागृत गराउन गुरुजनको साथ र मार्गदर्शन उपयोगी बन्नेछ। युवाहरू करियर र भविष्यलाई लिएर केही चिन्तित रहन सक्छन्। सवारीसाधनमा धन खर्च हुने योग छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

वृष व्यापारिक क्षेत्रमा नयाँ अनुबन्ध मिल्दा मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। सकेसम्म लामो यात्रा नगर्नुहोस्। स्वास्थ्यप्रति विशेष सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन मेहनत र लगनशीलताले कार्यमा सफलता दिलाउनेछ। धैर्यपूर्वक अघि बढ्दा आँटेको काम समयमा सम्पन्न हुनेछ। स्वास्थ्यले साथ दिनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट कार्यक्षेत्रमा कामको मेसो नमिल्दा केही पछि परिने अवस्था आउन सक्छ। विद्यार्थी वर्गको पठनपाठनमा मन लाग्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग हल्का पहेँलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह सामूहिक कार्यको जिम्मेवारी एक्लै वहन गर्नुपर्ने अवस्था आउन सक्छ। आलोचकहरू सक्रिय रहने भएकाले बोली र व्यवहारमा सचेत रहनुहोस्। निरन्तरको मेहनतले गुमेको अवसर पुनः प्राप्त हुने सम्भावना छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या साहसिक कार्यका लागि समय अनुकूल रहनेछ। आलस्य त्यागेर सक्रियताका साथ अघि बढ्नुहोस्। नोकरी वा राजनीतिक क्षेत्रमा विशेष लाभ मिल्न सक्छ। घरायसी जिम्मेवारी बढ्दा धन खर्च हुने योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ। आफन्तबाट सोचेजस्तो साथ र सहयोग नपाउन सकिएला। निरन्तर प्रयत्न गर्दा कठिन कार्यसमेत सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ। सन्तानसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग कालो हो भने शुभ अंक १ रहेको छ।

वृश्चिक समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। नोकरी तथा पेशागत क्षेत्रमा प्रभाव बढ्नेछ। प्रतिष्ठा बढाउने कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

धनु नोकरी तथा पेशामा नयाँ जिम्मेवारी वा काम हात लाग्नेछ। मठमन्दिर तथा देवस्थानको यात्रा हुन सक्छ। धर्म र आध्यात्मिकताप्रति रुचि बढ्नेछ। विद्यार्थीहरूलाई अध्ययन–अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मकर स्वास्थ्यलाई लिएर चिन्ता रहन सक्छ। पुरानो स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले सचेत रहनुहोस्। वैदेशिक रोजगारबाट लाभ मिल्ने सम्भावना छ। व्यापार व्यवसायमा थप लगानी गर्न केही समय धैर्य गर्नु राम्रो हुनेछ। सवारी चलाउँदा विशेष सावधानी अपनाउनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ साझेदारी व्यापारमा मनग्य लाभ कमाउने अवसर मिल्नेछ। पायक पर्ने स्थानको यात्रा हुन सक्छ। जीवनसाथीको सहयोग प्राप्त हुनेछ। विशिष्ट व्यक्तिको सहयोगमा आँटिलो कार्य पूरा गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मीन सहकारी तथा वित्तीय लेनदेनमा केही असफलता हात लाग्न सक्छ। व्यापार व्यवसायमा पारदर्शिता कायम गर्नुहोस्। कार्यक्षेत्रमा अरूको देखासिकी गर्दा हानि हुनसक्ने भएकाले आफ्नै योजनाअनुसार अघि बढ्नु उचित हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

Facebook Comments Box
TOP
15 Shares