
आज पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले आज विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बंगालको खाडीमा विकसित बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास केन्द्रित रहेको छ। उक्त प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने र त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको छ।
आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका अधिकांश स्थान तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, कर्णाली प्रदेशका पहाडी भू–भागका अधिकांश स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ भने मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, मधेस तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
भारी तथा अति भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न, पहाडी क्षेत्रमा पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
समाज
थप सामाग्री-
रोशी खोलामा सतर्कता तह पार, बीपी राजमार्गअन्तर्गत गिम्दीमा पहिरोले सडक अवरुद्ध
-
लगातार वर्षापछि कान्ति लोकपथका तीन स्थानमा पहिरो, यातायात सेवा प्रभावित
-
विश्वको छानोबाट उठेको नेपालको आवाज
-
आज देशभर भारी वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीमा अति भारी वर्षाको चेतावनी
-
कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक ठप्प, जोखिम मोलेर यात्रा नगर्न आग्रह
आज पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
४ घण्टा अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै पश्चिमी वायुको समेत…





