
लगातार वर्षापछि कान्ति लोकपथका तीन स्थानमा पहिरो, यातायात सेवा प्रभावित

मकवानपुर । लगातार भइरहेको वर्षाका कारण कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्ग हुँदै सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ ।
कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फका तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिएका छन् ।
पहिरोका कारण सडकमा सवारीसाधनको आवागमन प्रभावित बनेको छ । वर्षा निरन्तर भइरहेकाले थप पहिरो खस्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै यात्रु तथा चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
यसैबीच, लगातारको वर्षाका कारण जलाशयमा पानीको सतह बढ्न सक्ने भए पनि कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा हाल पानीको सतह सामान्य अवस्थामा रहेको प्रहरी प्रमुख खत्रीले जानकारी दिए ।
सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ । वर्षाको अवस्था र पहिरोको जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यकबाहेक यात्रा नगर्न तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
समाज
थप सामाग्री-
रोशी खोलामा सतर्कता तह पार, बीपी राजमार्गअन्तर्गत गिम्दीमा पहिरोले सडक अवरुद्ध
-
लगातार वर्षापछि कान्ति लोकपथका तीन स्थानमा पहिरो, यातायात सेवा प्रभावित
-
विश्वको छानोबाट उठेको नेपालको आवाज
-
आज देशभर भारी वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीमा अति भारी वर्षाको चेतावनी
-
कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक ठप्प, जोखिम मोलेर यात्रा नगर्न आग्रह
आज पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
४ घण्टा अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै पश्चिमी वायुको समेत…





