
गोलबजारमा प्रदर्शनका क्रममा ७४ करोडभन्दा बढीको क्षति

सिरहा । सिरहाको गोलबजार क्षेत्रमा साउन १४ गते भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीबाट करिब ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पीडितका निवेदन तथा स्थलगत मुचुल्काका आधारमा क्षतिको विवरण तयार गरिएको हो।
घटनामा १५ निजी घर, १८ पसल तथा व्यवसाय, २८ सवारीसाधन तथा धार्मिक र शैक्षिक स्थलसहित ६४ संरचना प्रभावित भएका छन्। निजी घर तथा व्यापारिक संरचनामा ३४ करोड ५ लाख ५९ हजार, पसल तथा व्यवसायमा ३३ करोड १७ लाख १२ हजार, सवारीसाधनमा १ करोड २ लाख र धार्मिक तथा शैक्षिक संरचनामा ५ करोड ८१ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
साउन १४ गते सुरक्षाकर्मीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएपछि गोलबजार क्षेत्रमा प्रदर्शन चर्किएको थियो। त्यसक्रममा विभिन्न निजी तथा व्यावसायिक संरचनामा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ।
प्रदर्शनपछि करिब एक सातादेखि बन्द रहेका गोलबजारका पसल मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएका छन्। बजार खुलेसँगै जनजीवन सामान्य बन्दै गएको बताइएको छ भने सामाजिक सद्भाव कायम गर्न स्थानीय तह, प्रशासन, राजनीतिक दल तथा विभिन्न समुदायका प्रतिनिधिले पहल गरिरहेका छन्।
समाज
थप सामाग्री-
आज असोज १० गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
कोजाग्रत पूर्णिमादेखि मेची महाकाली श्रीमुक्तिनाथ रथयात्रा हुँदै
-
प्रहरीमा इन्स्पेक्टरदेखि डीआईजीसम्म सरुवा तयारी पूरा, निर्णयमा भने अन्योल
-
रोशी खोलामा सतर्कता तह पार, बीपी राजमार्गअन्तर्गत गिम्दीमा पहिरोले सडक अवरुद्ध
-
लगातार वर्षापछि कान्ति लोकपथका तीन स्थानमा पहिरो, यातायात सेवा प्रभावित
विश्वको छानोबाट उठेको नेपालको आवाज
१ दिन अगाडि
2.1kViews 15 Shares Share on Facebook Share on Twitter संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले दिएको सम्बोधन केवल…





