बाढीपहिरोका कारण बागमती र गण्डकीका प्रमुख सडक प्रभावित, केही राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । बाढीपहिरो तथा सडक मर्मतका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डको यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकखण्डमा एकतर्फी तथा समय तालिका मिलाएर सवारी सञ्चालन गरिएको छ ।

काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म समय तालिका मिलाएर सवारी सञ्चालन गरिएको छ । साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधन सञ्चालन गर्न दिइनेछ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर अन्य सवारी साधन सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

रसुवाका मुख्य राजमार्गहरू भने बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा भदौ ८ गतेदेखि सडक पूर्ण रूपमा बन्द छ । भदौ १० गतेदेखि मुख्य राजमार्गका अन्य प्रभावित क्षेत्रमा पनि अर्को सूचना नभएसम्म यातायात अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढीपहिरोको जोखिमका कारण भदौ १ गतेदेखि रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । उक्त सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने व्यवस्था गरिएको छ ।

त्यस्तै, पासाङल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ ।

धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गतेदेखि पहिरोका कारण यातायात पूर्ण रूपमा बन्द रहेको छ । सोही राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाडखोला र शीतलबजार क्षेत्रमा भने पहिरो हटाएर एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा सडक मर्मतको काम भइरहेकाले सवारी चापअनुसार एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।

यता गण्डकी प्रदेशको मनाङस्थित चामे–बेंसीसहर सडकखण्डअन्तर्गत नासो गाउँपालिका–३ धारापानीमा भदौ २५ गतेदेखि सडक निर्माणको काम जारी छ । निर्माण कार्यका कारण हाल उक्त सडकमा साना सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षा, बाढीपहिरो तथा सडक निर्माण र मर्मतका कारण प्रमुख राजमार्गमा यात्रा गर्दा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

Facebook Comments Box
पशुपति परिसरको रहस्यमय विरूपाक्ष : जसलाई कलियुगको अन्त्यसँग जोडिन्छ
१२ घण्टा अगाडि

700Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरनजिकै रहेको प्राचीन ढुंगाको मूर्ति ‘विरूपाक्ष’ धार्मिक…

TOP
15 Shares