
तीजका दिन घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

काठमाडौं । हरितालिका तीजका दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा आज सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार आइतबार प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ रहेको चाँदी आज ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
तीजको अवसरमा सुनचाँदीको कारोबार बढ्ने अपेक्षा गरिएका बेला दुवै बहुमूल्य धातुको मूल्यमा गिरावट आएको हो।
समाज
थप सामाग्री-
आज भदौ २९ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी दानबहादुर कार्कीविरुद्ध निरन्तर प्रहार : कतै खगेन्द्र सुनार परिचालित त छैनन्?
-
प्रहरी नेतृत्वविरुद्ध सांसद सुनारको निरन्तर आक्रमण : प्रश्न उठाउने अधिकार कि व्यक्तिगत स्वार्थ ?
-
तीजमा पशुपति क्षेत्रमा विशेष ट्राफिक योजना, विभिन्न स्थानमा तोकियो पार्किङ
-
‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ नारासहित राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
पशुपति परिसरको रहस्यमय विरूपाक्ष : जसलाई कलियुगको अन्त्यसँग जोडिन्छ
१३ घण्टा अगाडि
700Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरनजिकै रहेको प्राचीन ढुंगाको मूर्ति ‘विरूपाक्ष’ धार्मिक…





