एन्फा कार्यालयमा सीआईबीको छापा, केही कागजात नियन्त्रणमा

काठमाडौं । प्रहरीले अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा छापा मारेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनियमितताको आशंकामा शुक्रबार एन्फा कार्यालयमा छापा मारेर अनुसन्धानका लागि आवश्यक केही कागजात नियन्त्रणमा लिएको हो।

सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार अनुसन्धानका क्रममा आवश्यक पर्ने कागजात नियन्त्रणमा लिइएको छ। एन्फामा भएको भनिएको अनियमिततासम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

सीआईबीले नियन्त्रणमा लिएका कागजातको अध्ययन तथा आवश्यक सोधपुछपछि अनियमितताको प्रकृति र संलग्नताबारे थप तथ्य खुल्ने जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares