
निर्वाचनमा पराजयपछि प्रतिनिधिसभा पुनर्स्थापनाको आन्दोलन आत्मघाती र विनाशकारी हुन्छ : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचनमा सहभागी भएर पराजित भएको आठ महिनापछि प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने कुरा राजनीतिक रूपमा अनुचित हुने बताएका छन्।
एमालेको बैठकमा अध्यक्षको प्रतिवेदनमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने आशयको विषय समेटिएकोप्रति टिप्पणी गर्दै विष्टले निर्वाचनमा सहभागी भइसकेपछि पुनर्स्थापनाको आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका हुन्।
उनले निर्वाचनमा भाग नलिएको अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापनाको माग उठाउनु वा त्यसका लागि आन्दोलन गर्नु जायज हुन सक्ने भए पनि निर्वाचनमा सहभागी भएर पराजय व्यहोरेपछि पुनर्स्थापनाको आन्दोलन गर्ने कुरा राजनीतिक नैतिकता, औचित्य र सान्दर्भिकताको दृष्टिले उचित नहुने बताए।
“अध्यक्षको प्रतिवेदनमा पहिलो मुख्य कार्यभारमा प्रतिनिधि सभा पुनर्स्थापनाको लागि आन्दोलन गर्ने आशयको वाक्यांश छ। निर्वाचनमा भाग नलिएको भए पुनर्स्थापनाको कुरा उठाउनु वा आन्दोलनको कुरा गर्नु त्यो जायज पनि हुन सक्थ्यो,” विष्टले भने, “तर निर्वाचनमा भाग लिएर पराजयको आठ महिना पछाडि प्रतिनिधि सभा पुनर्स्थापनाको लागि आन्दोलन गर्छौँ भन्ने आशयले प्रतिवेदन आउने कुरा राजनीतिक नैतिकता, औचित्य र सान्दर्भिकताको हिसाबले अनुचित छ।”
विष्टले निर्वाचनको परिणामलाई स्वीकार गर्दै पार्टीले आगामी राजनीतिक कार्यदिशा तय गर्नुपर्ने धारणा राखेका छन्। निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि त्यसबाट प्राप्त परिणामलाई आधार बनाएर अघि बढ्नुको सट्टा प्रतिनिधिसभा पुनर्स्थापनाको आन्दोलनतर्फ जान खोज्नु राजनीतिक रूपमा गम्भीर प्रश्न बन्ने उनको भनाइ छ।
उनले यस्तो कदम आत्मघाती र विनाशकारी हुन सक्ने चेतावनीसमेत दिएका छन्।
समाज
थप सामाग्री-
रोशी खोलामा सतर्कता तह पार, बीपी राजमार्गअन्तर्गत गिम्दीमा पहिरोले सडक अवरुद्ध
-
लगातार वर्षापछि कान्ति लोकपथका तीन स्थानमा पहिरो, यातायात सेवा प्रभावित
-
विश्वको छानोबाट उठेको नेपालको आवाज
-
आज देशभर भारी वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीमा अति भारी वर्षाको चेतावनी
-
कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक ठप्प, जोखिम मोलेर यात्रा नगर्न आग्रह
आज पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
१५ घण्टा अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै पश्चिमी वायुको समेत…





