
हुण्डीमार्फत १ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा धरानकी ज्योति शाही पक्राउ

काठमाडौं । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धरान उपमहानगरपालिका–१३ की ज्योति शाहीलाई पक्राउ गरेको छ।
विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई विभिन्न व्यक्तिका बैंक खातामार्फत कारोबार गर्ने गरेको सूचनाका आधारमा सीआईबीले शाहीमाथि अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा विदेशबाट प्राप्त रकमलाई स–साना भागमा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिका बैंक खातामा पठाउने गरेको खुलेको सीआईबीले जनाएको छ। प्रहरीले उक्त कारोबारलाई हुण्डीमार्फत रकम स्थानान्तरण गर्ने गतिविधिका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।
सीआईबीका अनुसार शाहीले घरेलु तथा साना उद्योग कार्यालय, इटहरी, सुनसरीमा २०६८ भदौ १६ गते ‘शाही मनि ट्रान्सफर’ नामक व्यवसाय दर्ता गरी सञ्चालन गरेकी थिइन्। सोही व्यवसायका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालन गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा रहेका खातामार्फत कुल १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको पाइएको छ।
हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसूरमा अनुसन्धान अघि बढाउन सुनसरी जिल्ला अदालतबाट मंगलबार पक्राउ अनुमति लिइएको थियो। अदालतबाट अनुमति प्राप्त भएपछि नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार धरानको खैरेनीबाट शाहीलाई पक्राउ गरेको हो।
पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। प्रहरीले हुण्डी कारोबारमा अन्य व्यक्तिको संलग्नता भए–नभएको तथा कारोबारमा प्रयोग भएका बैंक खातासहित आर्थिक कारोबारको थप विवरणसमेत अनुसन्धान गरिरहेको जनाएको छ।
समाज
थप सामाग्री-
रोशी खोलामा सतर्कता तह पार, बीपी राजमार्गअन्तर्गत गिम्दीमा पहिरोले सडक अवरुद्ध
-
लगातार वर्षापछि कान्ति लोकपथका तीन स्थानमा पहिरो, यातायात सेवा प्रभावित
-
विश्वको छानोबाट उठेको नेपालको आवाज
-
आज देशभर भारी वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीमा अति भारी वर्षाको चेतावनी
-
कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक ठप्प, जोखिम मोलेर यात्रा नगर्न आग्रह
आज पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
७ घण्टा अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै पश्चिमी वायुको समेत…





