प्रधानमन्त्री बालेन शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबिच न्यूयोर्कमा भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपाली समयअनुसार शुक्रबार बिहान भएको भेटवार्तामा प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबिच विभिन्न समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।
भेटवार्तापछि प्रधानमन्त्री शाहले शुक्रबार नै संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री शाहले नेपालको समसामयिक अवस्था, प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन बुधबार राति अमेरिका पुगेका हुन् । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Facebook Comments Box
TOP
15 Shares