आज असोज ९ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

मेष : धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रभाव बढ्नेछ। सानो प्रयासबाट पनि राम्रो लाभ आर्जन गर्न सकिनेछ। युवाहरूका लागि उच्च शिक्षाका नयाँ अवसरहरू प्राप्त हुनेछन्। काममा उत्साह र आत्मविश्वास बढ्नेछ। शुभ रंग : हल्का निलो शुभ अंक : ३

वृष :कामको मेसो नमिल्दा कार्यक्षेत्रमा केही पछि पर्नुपर्ने अवस्था आउन सक्छ। अरूका लागि आफ्नो बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। निरन्तर मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। शुभ रंग : गुलाबी शुभ अंक : ५

मिथुन: दाम्पत्य जीवन सुखद र रमाइलो रहनेछ। जीवनसाथीबाट साथ तथा सहयोग प्राप्त हुनेछ। कार्यक्षेत्रमा सहकर्मीबाट सद्भाव र नैतिक प्रोत्साहन पाइनेछ। पारिवारिक वातावरण पनि सकारात्मक रहनेछ। शुभ रंग : निलो शुभ अंक : ७

कर्कट ; सकारात्मक सोचका साथ अघि बढ्दा सफलता हात पर्नेछ। प्रतियोगितात्मक परीक्षामा सफलता प्राप्त हुने योग छ। विपरीत परिस्थितिलाई समेत आफ्नो अनुकूल बनाउन सकिनेछ। आत्मविश्वासका साथ अघि बढ्नु लाभदायक हुनेछ। शुभ रंग : निलो शुभ अंक : ४

सिंह : शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै बौद्धिक क्षमतामा विकास हुनेछ। सामाजिक छविमा सकारात्मक वृद्धि हुनेछ। स्वास्थ्यले साथ दिनेछ। नयाँ ज्ञान र अनुभव हासिल गर्ने अवसरसमेत मिल्न सक्छ। शुभ रंग : केशरी शुभ अंक : ५

कन्या : धनार्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। अध्ययन तथा ज्ञानसम्बन्धी प्रयासमा सफलता मिल्नेछ। व्यक्तिगत सौन्दर्य तथा सामग्रीमा धन खर्च हुन सक्छ। शुभ रंग : कलेजी शुभ अंक : १

तुला : मनोरञ्जन तथा रमाइलोमा समय बित्नेछ। कानुनी मुद्दा–मामिलाले निर्णायक मोड लिन सक्छ। परिस्थितिले नयाँ मार्गतर्फ अघि बढाउनेछ। महत्वपूर्ण निर्णय लिँदा सोचविचार गर्नु उचित हुनेछ। शुभ रंग : बैजनी शुभ अंक : ३

वृश्चिक : प्रियजनको साथ र सहयोगले रमाइलो तथा उत्साहवर्धक समय बित्नेछ। व्यापार–व्यवसायमा बोलीको प्रभाव बढ्नेछ। मेहनत र परिश्रमबाट प्रतिपक्षीहरूलाई समेत आफ्नो पक्षमा ल्याउन सकिनेछ। शुभ रंग : कलेजी शुभ अंक : ७

धनु : नयाँ कार्य प्रारम्भ गर्न अनुकूल समय रहेको छ। आम्दानी बढ्दा कामप्रति उत्साह जाग्नेछ। श्रम तथा परिश्रमको उचित मूल्यांकन हुनेछ। नयाँ जिम्मेवारीले भविष्यमा सकारात्मक परिणाम दिन सक्छ। शुभ रंग : सेतो शुभ अंक : २

मकर : कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ। मौसमी रोगबाट सचेत रहनुका साथै खानपानमा विशेष ध्यान दिनुहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आर्थिक पक्षमा नयाँ आयस्रोत बन्ने सम्भावना छ। शुभ रंग : हरियो शुभ अंक : १

कुम्भ : नोकरी तथा पेशामा गरिएको कामबाट प्रशंसा र जस प्राप्त हुनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रभाव बढ्न सक्छ। यात्रा गर्दा आफ्ना सामानको सुरक्षामा विशेष ध्यान दिनुहोला। शुभ रंग : सेतो शुभ अंक : ७

मीन ; नयाँ कुरा सिक्नुभन्दा सिकेको ज्ञान र सीप प्रयोग गर्ने अवसर प्राप्त हुनेछ। टाढाको यात्राबारे योजना बन्न सक्छ। मनमा रहेको पुरानो डर क्रमशः कम हुँदै जानेछ। स्वास्थ्यका लागि पेटलाई हलुका राख्नु लाभदायक हुनेछ। शुभ रंग : सेतो शुभ अंक : १

Facebook Comments Box
TOP
15 Shares