
सप्तकोशीमा खतराको रातो बत्ती, बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो; श्रीलंका टापुका बासिन्दा त्रसित

विराटनगर । पहाडी जिल्लामा निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ।
शनिबार बिहान ७ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा नदीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ। पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन्।
नदीमा बहाव बढेसँगै सर्वसाधारणलाई सम्भावित जोखिमबारे सचेत गराउन ब्यारेजको पूर्व, पश्चिम र मध्य भागमा रातो बत्ती बालिएको जनाइएको छ। कोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि पश्चिमतर्फ, २ लाख क्युसेक नाघेपछि पूर्वतर्फ र ३ लाख क्युसेकभन्दा माथि पुगेपछि मध्य भागमा समेत रातो बत्ती बाल्ने गरिन्छ।
यसैबीच सप्तकोशीको पश्चिमी धारले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्ने श्रीलंका टापु क्षेत्रमा कटान तीव्र पारेको छ। नदीको बहाव बढेसँगै पानी बस्ती आसपास ओभरफ्लो हुन थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ।
उदयपुरको बेलका नगरपालिका–८ स्थित भाटेपुल क्षेत्रतर्फ पनि नदी कटान बढिरहेको बताइएको छ। नदीको बहाव थप बढेमा जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ।
यसअघि २०७९ सालको साउन अन्तिम साता सप्तकोशीले बेलकाको डुम्रीबोटबाट धार परिवर्तन गरी बस्तीमा प्रवेश गर्दा बराहक्षेत्र र बेलका क्षेत्रका सयौँ परिवार प्रभावित भएका थिए। पूर्व र पश्चिम दुवैतर्फ कोशी नदीले घेरिएको श्रीलंका टापु बाढी तथा कटानका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ।
कोशीमा पानीको सतह बढेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको टोलीले शुक्रबार साँझ कोशी ब्यारेज क्षेत्रको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन तथा उद्धारका लागि आवश्यक तयारी अवस्थामा रहन सुरक्षा निकाय र प्रशासनलाई निर्देशन दिइएको थियो।
नदीमा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले कोशी नदीको तटीय तथा आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। जोखिम महसुस भए तत्काल सुरक्षित स्थानमा जान र उद्धार तथा सुरक्षा निकायले जारी गर्ने सूचनालाई पालना गर्नसमेत आग्रह गरिएको छ।
समाज
थप सामाग्री-
आज असोज १० गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
कोजाग्रत पूर्णिमादेखि मेची महाकाली श्रीमुक्तिनाथ रथयात्रा हुँदै
-
प्रहरीमा इन्स्पेक्टरदेखि डीआईजीसम्म सरुवा तयारी पूरा, निर्णयमा भने अन्योल
-
रोशी खोलामा सतर्कता तह पार, बीपी राजमार्गअन्तर्गत गिम्दीमा पहिरोले सडक अवरुद्ध
-
लगातार वर्षापछि कान्ति लोकपथका तीन स्थानमा पहिरो, यातायात सेवा प्रभावित
विश्वको छानोबाट उठेको नेपालको आवाज
१ दिन अगाडि
2.1kViews 15 Shares Share on Facebook Share on Twitter संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले दिएको सम्बोधन केवल…





