भोटेकोशी बाढीमा बेपत्ता आफन्तको पर्खाइमा परिवार : डीएनए नतिजा आउन अझै एक महिना लाग्ने

काठमाडौं । भोटेकोशी बाढी तथा पहिरोमा फेला परेका १ हजार ४५३ शवमध्ये हालसम्म १०८ जनाको मात्र सनाखत भएको छ। सनाखत हुन बाँकी शवको पहिचानका लागि प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ।

प्रहरीका अनुसार डीएनए परीक्षणमार्फत शवको पहिचान गर्न अझै कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले सकेसम्म छिटो नतिजा निकाल्ने गरी काम भइरहेको जानकारी दिएका छन्।

काफ्लेका अनुसार हालसम्म मृतकका १ हजार ३२९ र आफन्तका २ हजार ६० गरी कुल ३ हजार ३८९ वटा डीएनए नमुना संकलन गरिएको छ। नमुना परीक्षण तथा म्याचिङको कामलाई तीव्रता दिइएको भन्दै उनले एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको बताए।

‘सकेसम्म छिटो नतिजा आउने गरी काम गरिरहेका छौँ,’ डीआईजी काफ्लेले भने, ‘एक महिनाभित्र डीएनए म्याचिङको नतिजा दिने हाम्रो लक्ष्य छ।’

डीएनए परीक्षण तथा पहिचानको काममा नेपालका प्राविधिकसँगै भारत र चीनबाट आएका विज्ञ तथा प्राविधिकले समेत सहयोग गरिरहेका छन्। जापान, सिंगापुरलगायत देशबाट पनि प्राविधिक सहयोग उपलब्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सनाखत हुन बाँकी १ हजार ३३४ शवलाई जमिनमुनि अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। बाढी तथा पहिरोमा बेपत्ता हुनेमध्ये ६३६ जना विदेशी नागरिक रहेको पनि प्रहरीले जनाएको छ।

डीएनए परीक्षणबाट शवको पहिचान भएपछि सम्बन्धित परिवारलाई जानकारी गराउने र शव हस्तान्तरणलगायत आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। आफन्तको अवस्थाबारे लामो समयदेखि अनिश्चिततामा रहेका परिवारका लागि डीएनए परीक्षणको नतिजा नै अन्तिम पहिचानको आधार बन्ने भएको छ।

Facebook Comments Box
सुरक्षा दिन गएको प्रहरी कि पक्राउ गर्न ? अब जवाफ अपराध अनुसन्धान कार्यालयले दिनैपर्छ
१५ घण्टा अगाडि

1.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर…

TOP
15 Shares