नारायणीको बाढी सुस्तामा पसेपछि ८ सयभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिए

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)। अविरल वर्षासँगै नारायणी नदीमा आएको बाढी सुस्ता गाउँपालिका–५ मा पसेपछि ८ सयभन्दा बढी स्थानीय नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

शुक्रबारदेखि सुस्ताको थारु टोललगायतका क्षेत्रमा बाढी पस्न थालेपछि स्थानीयलाई सुस्तामै रहेका आश्रयस्थलमा राखिएको थियो। नारायणी नदीमा जलसतह निरन्तर बढ्दै गएपछि जोखिममा रहेका नागरिकलाई नदीवारि सुस्ता बालिनगरस्थित बीपी माध्यमिक विद्यालयमा ल्याइएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

उनका अनुसार सुस्तामा २१९ घरधुरीका करिब १ हजार ४५० भन्दा बढी नागरिक छन्। तीमध्ये केही स्थानीय यसअघि नै आफन्तको घरमा गएर बसेका थिए भने बाँकी नागरिकलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सुरक्षित स्थानमा ल्याइएको हो।

‘नारायणी नदीमा झोलुङ्गे पुल रहेकामा जलसतह बढेपछि पुललाई केही माथि उकासेर नागरिकलाई विद्यालयसम्म ल्याउन ढिलाइ भएको हो,’ प्रजिअ नेपालले भने।

नदीको बाढीका कारण सुस्ताको जनजीवन प्रभावित भएपछि उद्योग वाणिज्य महासंघ नवलपरासी र नेपाल रेडक्रस सोसाइटी नवलपरासीले राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेका छन्।

यसैबीच, गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह उच्च बिन्दुमा पुगेको छ। गण्डक योजना कार्यालय भैँसालोटन–बाल्मीकनगरका सम्पर्क तथा भूआर्जन अधिकृत शोभित हलुवाईका अनुसार हाल गण्डक ब्यारेजमा ४ लाख ७९ हजार १ सय क्युसेक पानी मापन गरिएको छ।

नदीमा पानीको बहाव अझै बढिरहेको भन्दै प्रशासनले सुस्ता क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box
सुरक्षा दिन गएको प्रहरी कि पक्राउ गर्न ? अब जवाफ अपराध अनुसन्धान कार्यालयले दिनैपर्छ
९ घण्टा अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर…

TOP
15 Shares