सेती नदीमा पानीको बहाव बढेपछि रामघाटका बासिन्दालाई बस्ती खाली गर्न आग्रह

पोखरा । लगातारको अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव अत्यधिक बढेपछि पोखराको रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन सुरक्षाकर्मीले आग्रह गरेका छन्।

सेती नदीको जलसतह बढ्दै गएपछि रामघाट आसपासका बस्ती डुबानको जोखिममा परेको भन्दै सुरक्षाकर्मीले माइकिङ गरी स्थानीयवासीलाई सतर्क गराएका हुन्। उनीहरूलाई आफ्ना अत्यावश्यक सामान तथा महत्वपूर्ण कागजातसहित तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

सुरक्षाकर्मीले माइकिङमार्फत ‘अविरल वर्षाका कारण सेती नदीस्थित रामघाट क्षेत्रमा पानीको बहाव बढी डुबान हुँदै गएकाले आफू र आफ्ना अत्यावश्यक सामानहरू सुरक्षित स्थानमा लैजानुहुन विनम्र अनुरोध गर्दछौँ’ भन्दै स्थानीयवासीलाई सचेत गराएका छन्।

प्रहरीका अनुसार गीता मन्दिर, क्रियापुत्री भवन र लक्ष्मीनारायण मन्दिर क्षेत्र भने हाल सुरक्षित रहेकाले आवश्यक परे ती स्थानतर्फ जान सकिनेछ।

निरन्तरको वर्षाका कारण सेती नदीसहित विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ। सेती नदीको तीव्र बहावका कारण नदी तटीय क्षेत्रका बासिन्दामा त्रास बढेको छ।

प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी किनारमा नजान तथा आपतकालीन अवस्था आए तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

Facebook Comments Box
सुरक्षा दिन गएको प्रहरी कि पक्राउ गर्न ? अब जवाफ अपराध अनुसन्धान कार्यालयले दिनैपर्छ
१० घण्टा अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर…

TOP
15 Shares