
मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता

पोखरा । लगातारको वर्षासँगै आएको पहिरोले मनाङको चामेमा मर्स्याङ्दी नदी थुनिएको छ। चामे गाउँपालिका क्षेत्रमा स्थानीय ठाडो खोलाबाट झरेको लेदो र पहिरोले नदीको बहाव अवरुद्ध भएपछि मर्स्याङ्दीमा ताल बन्न थालेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ठाडो खोलाबाट ठूलो मात्रामा लेदो र पहिरो खसेर मर्स्याङ्दी नदी थुनिएको हो। नदी थुनिएपछि पानीको सतह बढ्दै गएको र आसपासको क्षेत्रमा जोखिम सिर्जना भएको छ।
नदी थुनिएसँगै मर्स्याङ्दीमा साइरन बजाउन थालिएको स्थानीयले बताएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
नदीमा बनेको अवरोधका कारण एक्कासि पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान तथा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। प्रशासन तथा सुरक्षा निकायले घटनास्थलको अवस्था निगरानी गरिरहेको जनाइएको छ।
समाज
थप सामाग्री-
नारायणीको बाढी सुस्तामा पसेपछि ८ सयभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिए
-
मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता
-
निरन्तर वर्षाले गोकर्णेश्वरमा सोह्र श्राद्ध प्रभावित, पहिलो दिन ६६ जनाले मात्रै रसिद काटे
-
“मिटरब्याजको पुरानो साम्राज्यमाथि सरकारको नजर, वीरेन्द्रलाल श्रेष्ठ अनुसन्धानको घेरामा”
-
सुरक्षाको नाममा चोलेन्द्र जबरामाथि प्रहरीको ‘गोप्य’ व्यवहार, मानव अधिकार आयोगलाई समेत भेट्न दिइएन
सुरक्षा दिन गएको प्रहरी कि पक्राउ गर्न ? अब जवाफ अपराध अनुसन्धान कार्यालयले दिनैपर्छ
११ घण्टा अगाडि
1.7kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर…





