
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, उजुरीका आधारमा अनुसन्धान सुरु

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई आइतबार बिहान महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
एक उच्च प्रहरी अधिकारीका अनुसार प्राप्त उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। यद्यपि, जबराविरुद्ध परेको उजुरीको विषयवस्तु तथा आरोपबारे प्रहरीले हालसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन।
जबराले २०७५ पुस १८ गते नेपालको सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालका क्रममा २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो।
महाभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए। तर, उक्त प्रस्ताव संसद्बाट पारित हुन नसकेपछि पनि उनी सर्वोच्च अदालतमा फर्किन सकेनन्। निलम्बित अवस्थामै उनको प्रधानन्यायाधीश पदको कार्यकाल समाप्त भएको थियो।
हाल भने उनीविरुद्ध परेको नयाँ उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रहरीले यस विषयमा थप विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
समाज
थप सामाग्री-
नारायणीको बाढी सुस्तामा पसेपछि ८ सयभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिए
-
मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता
-
निरन्तर वर्षाले गोकर्णेश्वरमा सोह्र श्राद्ध प्रभावित, पहिलो दिन ६६ जनाले मात्रै रसिद काटे
-
“मिटरब्याजको पुरानो साम्राज्यमाथि सरकारको नजर, वीरेन्द्रलाल श्रेष्ठ अनुसन्धानको घेरामा”
-
सुरक्षाको नाममा चोलेन्द्र जबरामाथि प्रहरीको ‘गोप्य’ व्यवहार, मानव अधिकार आयोगलाई समेत भेट्न दिइएन
सुरक्षा दिन गएको प्रहरी कि पक्राउ गर्न ? अब जवाफ अपराध अनुसन्धान कार्यालयले दिनैपर्छ
१५ घण्टा अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर…





